प्रकाश मिश्र बने मार्भलस मी सिजन-१ का विजेता
काठमाडौं : मार्भलस मी सिजन-१ फेसन शो सम्पन्न भएको छ।भोग लस्ट इन्टरटेनमेन्टको आयोजनामा काठमाडौंको महालक्ष्मीस्थित रिभाइव होटलमा आयोजित कार्यक्रममा प्रकाश मिश्र मार्भलस मी सिजन १ का विजेता बनेका छन्।उनी १० जना प्रतिस्पर्धीलाई पछि पार्दै सिजन १ का विजेता बनेका हुन्।सुगन्ध क्षेत्री उपविजेता बनेका छन्।
यस्तै मोस्ट स्टाइलिस जेम्स महर्जन, पब्लिक च्वाइस लक्ष्मी श्रेष्ठ, पन्चुवालिटी लक्ष्मी श्रेष्ठ, मोस्ट ट्यालेन्टेड किशोर कायस्थ, वेस्ट वाक विजय थापा र वेस्ट पर्सनालिटी अर्जुन सिंह बने। फेसन शो कार्यक्रममा 'हाम्रो बाल संरक्षण धरोहर' नेपाल नामक संस्थाका बालबालिकाको प्रस्तुति रहेको थियो।कार्यक्रमका हेड मेन्टर सिनेमाटोग्राफर संजय चन्द हुन्।
निर्णायक समितिमा फिल्म निर्देशक र्यापर, सुरेन्द्र गुरुङ, सुमनकुमार सिग्देल र मिस्टर वर्ल्ड २०१९ का विजेता अक्षयजंग रायमाझी थिए।