नेकपा सचिवालय बैठक  बालुवाटारमा सुरु

नेकपा सचिवालय बैठक  बालुवाटारमा सुरु

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ।  प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। 

प्रधानमन्त्रीका केही सहयोगीले राजीनामा दिएको, केही नियुक्त भएको र केही अझै नियुक्त हुन बाँकी नै छ। नेकपाले मन्त्रिपरिषद् हेरफेरको तयारीसमेत थालेको छ। सँगै नेकपाको कार्यकारी अध्यक्ष, प्रधानमन्त्रीको स्वास्थ्यको विषयमा बैठकमा छलफल हुनेछ। 

नियमित डायलासिस गर्नुपर्ने र त्यसपछि आराम चाहिने हुँदा प्रधानमन्त्री ओली पार्टीको कार्यकारी जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने तयारीमा छन्। 

सँगै प्रधानमन्त्री ओलीले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनेसम्मका विषयमा छलफल गरिरहेका छन्। स्वास्थ्य अवस्थाका कारण आराम गर्नुपर्ने देखिएपछि ओलीले जिम्मेवारी तोक्ने विषयलाई छलफलमा अगाडि सारेका हुन्। 

सँगै प्रधानमन्त्री ओलीले कार्यसम्पादन मूल्यांकनका आधारमा मन्त्रिपरिषद् हेरफेरको विषयमासमेत सचिवालयमा छलफल चलाएका छन्। मन्त्रिपरिषद् बैठक हेरफेरका विषयमा ओलीले अर्का अध्यक्ष प्रचण्डसँग मात्र बसेरसमेत छलफल गरेका छन्। केही दिनअघि ओलीले वरिष्ठ नेता माधव नेपालसँगसमेत छलफल गरेका थिए। 

प्रचण्ड र वरिष्ठ नेतासँगै सचिवालय सदस्यसँगको छलफलपछि प्रधानमन्त्री ओलीले कार्यसम्पादन मूल्यांकनका आधारमा केही मन्त्रिपरिषद्का सदस्य हेरफेर गर्ने तयारी गरेका छन्। नयाँ मन्त्रीको नामका विषयमासमेत ओलीले वरिष्ठ नेतासँग छलफल चलाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.