प्रवासीलाई समन्वय गर्न नेकपाले गठन गर्यो कमिटी गठन
काठमाडौं : विदेशमा पार्टी कमिटी नबनाउने औपचारिक निर्णय गरेको नेकपाले प्रवासी नेपालीको हक–हित संरक्षण, एकता र मेलमिलापको प्रवद्र्धन गर्नका लागि आवश्यक पर्दा समन्वय गर्नका लागि समन्यय कमिटी गठन गरेको छ।
आइतबार बसेको नेकपा सचिवालय बैठकले समन्वय कमिटी गठन गरेको हो। समन्वय कमिटीको इन्चार्जमा विन्दा पाण्डे, सह–इन्चाजमा लक्ष्मण पन्त, अध्यक्ष युवराज चौलागाई, सचिव श्रीप्रसाद साह र सदस्यमा तिल विश्वकर्मालाई जिम्मेवारी दिइएको छ।
‘प्रवासमा रहेका नेपालीको हक हित र एकताका विषयमा समन्वय गर्ने गरी पार्टी नेतालाई जिम्मेवारी दिने काम भयो,’ वरिष्ठ नेता झलनाथ खनालले अन्नपूर्णसँग भने।