पूरा नहुँदै भत्कियो सडक

पूरा नहुँदै भत्कियो सडक

सिन्धुली : मध्यपहाडी लोकमार्ग अन्तर्गत सरकारले १० नयाँ सहर घोषणा गरेको छ। सोहीमध्येको सिन्धुलीको गोलन्जोेर–७ खुर्कोटमा नयाँ सहर निर्माणको कामले गति लिन सकेको छैन।

सहर निर्माण प्रक्रियाले गति लिन त पाएको छैन। तर त्यसका लागि बनाइएका सडक पनि निर्मा०ा सम्पन्न नहुँदै भत्किन थालेका छन्। पहाडि क्षेत्रको बसाइँसराई रोक्ने सरकारले विभिन्न ठाउँमा १० नयाँ सहर बनाउने घोषणा गरेको थियो।

खुर्कोमा आर्थिक वर्ष २०६७/६८ मा नयाँ सहर आयोजनाको काम सुरुभएको थियो। स्थानीयको ६ सय ६८ रोपनी जग्गा अधिग्रहण गरी निर्माण थालिएको आयोजनाका कुनै पनि काम पूरा हुन नसकेको स्थानीय रामकुमार श्रेष्ठले बताए।

‘पाँच वर्षभित्र सहर बनाइसक्ने गरी काम सुरु गरेको ९ वर्ष बितिसक्यो। तर कुनै पनि काम पूरा हुन सकेको छैन। पूर्वाधार निर्माणको काम सुस्त गतिमा छ।’ नयाँ सहरका लागि एकिकृत जग्गा प्लटिङ्ग गरे निर्माण थालिएको पक्की सडकसमेत निर्माण सम्पन्न नहुँदै चिराचिरा परेर भत्किन सुरु गरेको छ।

गत आर्थिक वर्ष २०७५/०७६ असार मसान्तमा निर्माण सम्पन्न भएको खुर्कोट–राताटार २६ सय मिटर, विपी राजमार्गको सोलाभञ्ज्याँङदेखि ऐतिहासिक सिन्धुलीगढी पुग्ने सडकको ९ सय मिटर र खुर्कोटको डी–टोल सडक निर्माण कार्य पूरा नहुँदै चिराचिरा परेको हो।

आयोजनाको काममा गुणस्तर र निर्माण प्रक्रियाले गति लिननसक्नु निकै कमजोरी भएको कमलामाई नगरपालिका–३ का वडाध्यक्ष खड्गप्रसाद चौलागाईले बताए। ‘सिन्धुलीकै पर्यटकीय तथा ऐतिहासिक स्थल सिन्धुलीगढी प्रवेश तथा हाम्रो वडा हुँदै सुनकोसी गाउँपालिकामासमेत प्रवेश गर्ने मुख्य सडक निर्माणमा आयोजना र ठेकेदारले लापरबाही गरेका छन्। यहाँ खर्च भएको करोडौं रुपैयाँ बालुवामा पानी खन्याएझैं भएको छ,’ उनले भने।

आयोजनाले निर्माण गरेका केही सडकहरूमा बर्खामा आएको बाढी र पहिरोले क्षति पुर्‍याएको नयाँ सहरी आयोजना खुर्कोटका उप–प्रमुख सुदीप श्रेष्ठले बताए। ‘गतवर्ष सडकका केही काम भएका छन्। खुर्कोट–राताटार, सिन्धुलीगढीसम्म पुग्ने सडक निर्माण भएको थियो’, उनले भने, ‘तर यस वर्षको बाढीले कालोपत्रे भएका सडक पनि भत्काएर क्षति पुर्‍याएको छ।’ भत्किएका सडक मर्मतका लागि सम्बन्धित ठेकेदारलाई पत्र पठाए पनि काम हुन नसकेको उनको भनाइ छ।

हालसम्म आयोजना निर्माणमा झण्डै ३० करोड बढी रुपैयाँ खर्च भइसकेको छ। यसबाहेक जग्गा प्लानिङ, सुविधा–सम्पन्न खानेपानी, खेलकुद मैदान, बसपार्क, आधुनिक बस्ती, पार्क, विद्यालय, कलेज, अस्पताल, तरकारी तथा फलफूल बजार, औद्योगिक क्षेत्र लगायत पूर्वाधार निर्माणको काम अधुरै रहेको छ।

भएका काम पनि गुणस्तरीय नभएको भन्दै स्थानीयले गुनासो गर्दै आएका छन्। आयोजनाका लागि आवश्यक बजेट सरकारले समयमा निकासा नदिँदा पनि लक्ष्य अनुसार काम नभएको प्रमुख श्रेष्ठ बताउँछन्।

मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट, पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, धादिङको बैरेनी–गल्छी, तनहुँको डुम्रे भन्सार, बागलुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटनमा आधुनिक सुविधा सम्पन्न नयाँ सहर निर्माणको काम भइरहेको छ।

क्याप्सनः नयाँ सहरी आयोजनाले निर्माण सम्पन्न नगर्दै भत्किएका सडक। फोटो÷अन्नपूर्ण।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.