प्रधानमन्त्रीले गरे सिंहदरबारबाटै त्रिशूली थ्री 'ए' को उद्घाटन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मेगावाटको त्रिशूली थ्री 'ए' जलविद्युत परियोजनाको उद्घाटन गरेका छन्। सोमबार प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित आफ्नो कार्यालयभित्र रहेको 'वार रुम' बाट स्वीच थिचेर उद्घाटन गरेका हुन्।
काठमाडौंबाट प्रधानमन्त्री ओलीले र निर्माणस्थल नुवाकोटको किस्पाङ गाउँपालिका-५ सिम्लेबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन,अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्तरुपमा उदघाटन गरेका हुन्।
उदघाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ।यसअघि माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको पहिलो र दोस्रो युनिट (३०-३० मेगावाट)को परीक्षण उत्पादन सुरु भइसकेको छ।
त्रिशूली थ्री 'ए' को उद्घाटन कार्यक्रमस्थल । तस्बिर : अन्नपूर्ण