उपचारमा भारतकै भर

उपचारमा भारतकै भर

बैतडी : सुुुुर्नया गाउँपालिका–६ का डम्मरदत्त अवस्थीका छोरा रामदत्त अवस्थीलाई एक वर्षअघि कडा निमोनियाले ग्रस्त बनायो । नजिकका स्वास्थ्य संस्था र जिल्ला अस्पतालमा उपचार नभएपछि अवस्थी छोरा लिइर भारतको पिथौरागढ पुुगे ।

‘विशेषज्ञ सेवाका लागि हामीले अझैं पनि भारतकै भर पर्नुुपरेको छ । तराईका जिल्ला जानुुुुभन्दा नजिक भारत पर्छ । यहाँ जाँदा केही सस्तो पनि पर्छ । पहाडी जिल्लाका अस्पतालमा रोग पहिचान गर्नसक्ने चिकित्सकसमेत छैनन्’, उनले भने ।

दशरथचन्द नगरपालिका–५ का तेजराम लोहार आफ्ना बुुबाको नियमित स्वास्थ्य उपचार भारतको पिथौरागढमै गराउँदै आएका छन् । जिल्ला अस्पतालमा रोग पत्ता नलागेपछि भारत पुुर्‍याएको उनले बताए । ‘बुुबाको स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पाल पुुुुगँे । औषधिले निको नभएपछि भारत लिनुुपर्‍यो । अहिले पिथौरागढबाटै नियमित औषधि ल्याएर खुुवाइरहेको छुु’, लोहारले भने ।

जिल्ला अस्पतालमा बिशेषज्ञ सेवा नहुुुुँदा यहाँका अधिकांश नागरिक उपचारका लागि भारत पुुग्ने गर्छन् । नजिक विशेषज्ञ सेवासहितका अस्पताल नभएको र काठमाडौं पुुर्‍याउन महँगो खर्चिनुुपर्ने भएपछि उनीहरू भारत जाने गरेका हुुन् । डडेलधुुुुरा र धनगढीभन्दा पिथौरागढ नजिक पर्छ । जिल्ला अस्पतालमा दरबन्दी भए पनि सो अनुुसारका चिकित्सक छैनन् ।

‘यहाँ नवौं तहको एक र आठौं तहका दुुुुई जना चिकित्सक दरबन्दी छ । तर म एक्लैले काम गरिरहनुुपरेको छ’, जिल्ला अस्पताल बैतडीका प्रमुुख डा. जगदीशचन्द्र विष्टले भने, ‘हाम्रो रेफरल सेन्टर डडेलधुुुुरा र सेती अञ्चल अस्पताल हो । यी दुुवै यहाँबाट निकै टाढा छनुु । टाढा भएकैले भारततिर जानुुहोस् भनेर सल्लाह दिनुुपरेको छ ।’ सडक दुुुुर्घटना लगायतका आकस्मिक बिरामीलाई उपचार गराउन भारत रेफर गर्नुुको विकल्प छैन । ‘दरबन्दी नै नभएको विशेषज्ञको कुुुुरै भएन तर भएका दरबन्दी पनि पूर्ति गरिएको छैन,’ डा. विष्टले थपे, ‘छात्रबृति करारका डाक्टर पनि सुुुुगममै पठाउने प्रवृति छ । स्वास्थ्य सेवा विभागले दुुुुर्गमका अस्पतालमा डाक्टर नै पठाउन सकेको छैन ।’

केसीका माग पूरा गर्न आग्रह

पहाडी क्षेत्रका नागरिकले आफ्नो क्षेत्रमा सुुविधासम्पन्न स्वास्थ्य संस्था स्थापना गर्न माग गरेका छन् । उपचार गराउनै भारत जानुुपर्ने बाध्यताबाट मुुक्ति पाउन डा. केसीले राखेका माग सरकारले पूरा गर्नुुपर्ने स्थानीयको माग छ । डाक्टर केसीले सर्वसुुुुलभ उपचार पाउनुुुुपर्ने, चिकित्सा शिक्षामा सबैको पहुुुुँच हुुुुनुुुुपर्ने कुुुुरा उठाएकाले सरकारले नागरिकका लागि पूरा गर्नुुपर्ने तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टले बताए ।

उनले भने ‘हामीले उपचारका लागि भारतका अस्पतालमा लाखौं खर्चिनुुपरेको छ । डाक्टर केसीले पहाडी जिल्लामा सुुुुविधासम्पन्न अस्पातल, दरबन्दी अनुुुुसारका चिकित्सकको माग राख्नुुुु भएको छ । यो माग पूरा गर्न सरकारले ढिलाइ गर्नुुहुुँदैन ।’

डाक्टर केसीले उठाएका माग पूरा भएमा उपचारका लागि भारतमा जाने सर्वसाधारणको लाखौं रुपैयाँ जोगिने जगन्नाथ बहुुुुमुुुुखी क्याम्पसका प्रमुुुुख पृथ्वीराज अवस्थीले बताए । उनले भने ‘सबैले सर्वसुुुुलभ उपचार पाउनुुुुपर्छ । सबैको चिकित्सा शिक्षामा पहुुुुँच हुुुुनुुुुपर्छ । यो सबै नेपालीको माग हो । हामीलाई हाम्रो ठाउँमा उपचार सेवा पाउँदा धेरै फाइदा हुुुुन्छ । त्यसैले सरकारले डा.केसीका माग पूरा गर्नेतर्फ ध्यान दिनुुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.