ओखर : स्वास्थ्यका लागि फाइदै फाइदा
काठमाडौं : दिमागका लागि ओखर राम्रो खाओद्यपर्दाथ मानिन्छ।यसमा भिटामिन ई प्रशस्त मात्रामा रहेको हुन्छ। यसले दिमाग तेज बनाउनका साथै शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्छ। नियमित ओखर खाने गरेमा क्यान्सर, मोटोपन, मधुमेहजस्ता रोग लाग्दैनन्। यसका साथै अनावश्यक तौल पनि बढ्दैन्।
मोटोपन घट्नुका साथै शरीरमा स्फूर्ति आउँछ।एक अध्ययनका अनुसार ओखरले एकाग्रकता बढाउनमा ठूलो मद्दत गर्छ। ओखरमा पाइने ओमेगा ३ प्याट एसिडले मस्तिष्क स्वस्थ राख्छ।
ओखर जुनसुकै उमेरका व्यक्तिका लागि फाइदाजनक मानिन्छ। बढ्दो उमेरका केटाकेटीलाई ओखर खुवाउँदा यसले छिटो मानसिक तथा शारीरिक वृत्तिविकास गर्छ। नियमित ओखरा खाँदा निन्द्रा नलाग्ने समस्याबाट छुटकरा मिल्छ। यसमा मेलाटोनिन नामक हर्मोन हुन्छ।यो हर्मोनको काम निद्रा लगाउनु हो।
यसले अनावश्यक तौल सन्तुलन गर्छ। डाइटिङमा रहेकाहरुका लागि यो फाइदाजनक हुन्छ।यसमा प्रशस्त मात्रामा प्रोटिन पाइने भएकाले यो डाइटिङ गर्नेहरुका लागि फाइदाजनक मानिएको हो।यसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ।फाइवरले पाचन प्रणालीलाई सक्रिय बनाउँछ।नियमित सेवन गरे रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
यसले क्यान्सर, ह्दयघात र अन्य रोग लाग्नबाट बचाउँछ।कोलेस्ट्रोल कम गर्छ। हड्डी बलियो बनाउँछ। छालामा चमक आउँछ।