शीर्ष नेता चुनावी दौडधुपमा

शीर्ष नेता चुनावी दौडधुपमा

बागलुङ : मंसिर १४ गते हुने उपनिर्वाचनका लागि शीर्ष नेताहरु जिल्ला ओइरन थालेका छन्।प्रायजसो राजधानी नछोड्ने नेताहरु वडा निर्वाचनका लागि पनि जिल्ला डुल्न थालेका छन्। जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश 'ख' र बडिगाड गाउँपालिका  १ को उपनिर्वाचनमा शीर्ष नेताको लहर देख्न थालिएको छ । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व गृहमन्त्री कृष्ण सिटौला अहिले बडिगाडको वडाध्यक्षका उम्मेदवार दिलबहादुर रानालाई भोट माग्न व्यस्त छन् । सिटौला मात्र होइन, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि युवा नेता गगन थापासम्म आउने कार्यक्रम रहेको जिल्ला सभापति दिपेन्द्र थापाले बताए। 

जिल्लाको उपनिर्वाचनका लागि केन्द्रीय स्तरबाटै बाम गठबन्धन गरेका नेकपा र राष्ट्रिय जनमोर्चाले पनि शीर्ष नेतालाई निर्वाचन क्षेत्रमा ल्याउने कार्यक्रम निश्चित गरेका छन् । आगामी मंसिर ७ गते नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा महासचिव बिष्णु पौडेल, राष्ट्रिय जनमार्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी ढोरपाटनको बुर्तिबाङमा हुने विशाल सभामा सहभागी हुने तय भएको नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताए । 

समाजवादी पार्टीले मंसिर ८ गते पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइलाई ल्याउने कार्यक्रम तय भएको जिल्ला नेता चित्र सापकोटाले बताए । वडा र प्रदेश सदस्यको उपनिर्वाचनमा पनि शीर्ष नेता आउने र ल्याउने होडबाजीले चुनाव भड्किलो र खर्चिलो बनाउने देखिएको स्थानीय कमल पौडेलेले गुनासो गरे । 'लोकतान्त्रिक अभ्यासको रुपमा चुनावलाई लिनुपर्छ,' उनले भने, 'चुनावलाई विस्तारै भड्किलो हुनबाट रोक्नुपर्छ । अहिलेको उपनिर्वाचनको छनक हेर्दा पनि यो क्रम तत्काल रोकिने अवस्था देखिएन ।'

बागलुङ क्षेत्र नम्बर २ को प्रदेश सभा 'ख' मा नेकपा र राजमो बीच बाम गठबन्धनबाट  राजमोका खिमबिक्रम शाही चुनावी मैदानमा छन् भने नेपाली कांग्रेस एकल रुपमा प्रतिस्पर्धामा उत्रिएको छ । नेकपाबाट बागी उम्मेदवारी दिएका शेरमान घर्तीले सार्वजनिक वत्तव्यमार्फत उम्मेदवारी फिर्ता लिएपछि बाम गठबन्धनका शाही र नेपाली कांग्रेसका जीतबहादुर शेरचनबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

समाजवादी पार्टीका अशोककुमार विक पनि त्यस क्षेत्रमा प्रभावशाली उम्मेदवार मानिन्छन् । यस क्षेत्रमा २०७४ को प्रदेश सभा निर्वाचनमा पनि साविकको नेकपा एमाले, राजमो र माओवादी केन्द्र बामगठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका थिए । 

जसमा राजमोका उम्मेदवार टेकबहादुर घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरि विजयी भएका थिए । घर्तीका प्रत्यासी नेपाली कांग्रेसका जीत शेरचन जो अहिले पनि उम्मेदवार छन् । उनले ८ हजार ६ सय ६४ मत प्राप्त गरेका थिए । उक्त चुनावमा ३ हजार २ सय ६० मतको अन्तर थियो । २०७० सालको निर्वाचनमा भने जिल्लाका तिनै क्षेत्रमा कांग्रेसले जित हात पारेको थियो । 

उपनिर्वाचनमा आठ राजनीतिक दल सहित एक स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । ठुला दलका अतिरिक्त राप्रपा संयुक्तबाट निमबहादुर भण्डारी, राप्रपाबाट गणेशबहादुर कुवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मंगोल नेशनल अर्गनाइजेसनबाट मित्रबहादुर मगर र स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारी छन् ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.