सजिलो छैन ‘भगवान्’ बन्न !

सजिलो छैन ‘भगवान्’ बन्न !

जनकपुरधाम : विश्व प्रसिद्ध विवाहपञ्चमी महोत्सवको तयारीसँगै जनकपुरमा रामलीला मंगलगान सुरु भएको छ। कात्तिक पूर्णिमादेखि जानकी मन्दिर प्रांगणमा रामसीता मंगलगान झाँकी प्रदर्शन हुन्छ।

झाँकीमा भगवान् रामसीताको स्वरूपमा सजिएका हुन्छन् दुई बालक। ‘भगवान्’ को स्वरूपमा राम पुरुष र सीता महिला भएजस्तो साज श्रृंगार गरिए पनि असलमा दुवै पुरुष हुन्। रामको स्वरूपमा सजिएका हुन्छन् १५ वर्षीय प्रकाशकुमार झा भने सीता बनेर १४ वर्षीय आकाश झा झाँकीमा बस्छन्। महोत्तरीको सोनमा तरहारी गाउँका आकाश र प्रकाश नातेदार हुन्। उमेरमा केही अन्तर र हेर्दा पनि सानो ठूलो देखिने हुनाले दुवैले झाँकीमा भगवान् बन्ने मौका पाएका हुन्। गाउँकै विद्यालयमा प्रकाश कक्षा ८ मा र आकाश कक्षा ७ मा पढछन्।

रामलीला प्रदर्शनमा पछिल्लो दुई वर्षदेखि लागेका दुवैजना लीला मञ्चन आयोजना हुँदा विद्यालय छाड्ने गर्छन्। मंगलगान र झाँकी हेर्न आउने श्रद्धालुले ‘भगवान्’ लाई ढोग्दै आर्शिवाद लिने गर्छन्। रामसीताको स्वरूपमा सजिएका दुवै बालकले निकै श्रद्धापूर्वक ढोग्नेलाई आर्शिवाद दिन्छन्। दुवै बालकको मुहार निकै तेजस्वी देखिन्छ। श्रद्धालुका लागि ‘भगवान्’ बनेका प्रकाश र आकाशलाई यथार्थमा भगवान्को स्वरूप बन्न सजिलो हुँदैन।

रामलीला मण्डली सञ्चालक श्रृंगारी महेन्द्र सरण व्यासको देखरेख र उनीबाटै सिकेर प्रकाश र आकाश ‘भगवान्’ बन्ने गर्छन्।

‘भगवान्को स्वरूप बन्न कडा परि श्रम र निरन्तरको अभ्यास चाहिन्छ’, रामलीला मण्डलीका व्यास महेन्द्र शरण भन्छन्, ‘यी बच्चा विद्यालयमा पढ्छन्। रामलीला आयोजन हुँदा हामीसँगै झाँकी प्रदर्शन गर्न हिँड्छन्।’

पारिवारिक रूपमा नातेदार पर्ने हुनाले आमाबुवाको स्वीकृतिमा बालकलाई रामसीता बनाउने गरेको उनी बताउँछन्। रामलीला मञ्चन गर्नुअघि प्रतिदिनको लिलाको संवाद बालकलाई दिने गरिन्छ। ती सम्वादलाई रटेर याद गर्छन्। अर्को दिन लीला मञ्चन गर्दा सम्बन्धित संवाद बोल्दै भगवान्को किरदार निभाउने गरिन्छ।

‘भगवान् स्वरूप बन्ने बालकद्धय निकै सहनशील र शान्त स्वभावका हुनु आवश्यक छ’, शरण थप्छन्, ‘मञ्चमा बस्दा भगवान् झैं सबैसँग हँसिलो र तेजिलो अनुहार प्रस्तुत गर्नु र घण्टौं शान्त भएर बस्नु सहज हँुदैन।’ रामको स्वरूप बन्ने आकाशले भगवान् बन्दा निकै रमाइलो लाग्ने बताए। उनले भने, ‘पहिला पहिला अप्ठ्यारो लाग्थ्यो तर अब सजिलो हुँदै गएको छ।’ सबैले आफूसँग आर्शिवाद लिँला भगवान् झैं आर्शिवाद दिनु पर्ने अवस्था रमाइलो लाग्ने उनको भनाइ छ। उनका अनुसार कहिलेकाँही आफूले ठूलठूला नेताले पनि आशिर्वाद लिन आउँछन्।

४५ वर्षदेखि रामलीला मण्डली लिएर देशविदेशमा प्रदर्शन गर्दै आएका व्यास महेन्द्र शरण भन्छन्, ‘जहाँ गए पनि बालकलाई भगवान् भनेरै आदर र सत्कार गरिन्छ।’ विवाह महोत्सवमा १५ दिनसम्म रामलीलाको विभिन्न प्रसंग प्रस्तुत गर्दै लीला प्रर्दशनी गर्ने गरिन्छ। झाँकी प्रदर्शनीको क्रममा रामसीताको स्वरूपलाई विशेष साज श्रृंगार गर्ने गरिन्छ। दिनका अनुसारले लुगा सजाइन्छ। आइतबार सुन्तला रंग, सोमबार घ्यू, बुधबार रातो, बिहीबार पहेलो, शुक्रबार सेतो र शनिबार निलो रंगको लुगा लगाउने गरिन्छ।

गरगहना पनि अवसरका अनुसारले फरक हुन्छन्। मुकुट, श्रीपेच, आगा, कुण्डल, सेहरा, चेक, नेकलेस, हार, अस्कन्ध भूषण र कम्मरपेटी जस्ता गहनाले भगवान् रामसीताको स्वरूपलाई सजाइन्छ। यी गरगहना लगाएर सबै श्रृंगार गर्न कम्तिमा पनि आधा घण्टा र कहिलेकाँही विशेष अवसरमा दुई घण्टासम्म लाग्ने गर्छ। रामलीलामा झाँकी प्रर्दशन गर्ने बालक बिस्तारै लीला सिकेर कोही संगीतकार, कथाकार र कोही कोही मण्डली सञ्चालनकर्ता बनेका छन्। कतिपय ठूलो भएर पढीलेखी अर्को पेशामा पनि लाग्ने गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.