छुटाछुट्टै दुर्घटनामा दुईको मृत्यु

छुटाछुट्टै दुर्घटनामा दुईको मृत्यु

सल्यान : सल्यानमा एकजनाको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको कपुरकोट गाउँपालिका १ उनवाङका २३ वर्षीय गोपाल रानाको ससुराली जाने क्रममा भीरबाट लडेर रोल्पामा मृत्यु भएको हो ।

सोमबार रोल्पाको रुन्टीगडी गाउँपालिका ८ स्थित ससुराली हिँडेका गोपाल मंगलबार बिहान रुन्टीगडीकै धुम्का भीरमा मृत अवस्थामा भेटिएको कपुरकोट १ का वडाध्यक्ष बालाराम खड्काले जानकारी दिए ।

यता मोटरसाइकलको ठक्‍करबाट अर्का एकजनाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्‍करबाट घाइते शारदा नगरपालिका ९ सुनचौर निवासी ८० वर्षीया बालिका बिष्टको उपचारको क्रममा मृत्यु भएको हो ।

सोमबार दिउँसो साढे १ बजेको समयमा बाटो काट्ने क्रममा रा ४ प २४२४ नम्बरको मोटरसाइकलले बिष्टलाई छत्रेश्वरी गाउँपालिका ६ लान्तिबजारमा ठक्‍कर दिएको थियो ।

मोटरसाइकलको ठक्‍करबाट घाइते बिष्टको श्रीनगरमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.