मरेको कुखुराको मासु खाँदा एकको मृत्यु, ९ बिरामी

मरेको कुखुराको मासु खाँदा एकको मृत्यु, ९ बिरामी

बैतडी : बैतडीको पुर्चौंडी नगरपालिका २ जरसौंमा मरेको कुखुराको मासु खाँदा एकजनाको मृत्यु भएको छ भने एकै परिवारका ९ जना बिरामी परेका छन् । शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएका थिए। आइतबारदेखि परिवारका १० जना बिरामी परेको स्थानीय केशव पन्तले जानकारी दिए । बिरामी परेका मध्ये १५ वर्षीया पुष्पा पार्कीको मंगलबार बिहान मृत्यु भएको उनले बताए। 

मासु खाएपछि बिरामी भएकामा बान्ता हुने, झाडापाखलालगायतका लक्षण देखिएका पन्तले बताए । बिरामीलाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले औषधि दिएपनि ठीक नभएपछि थप उपचारका लागि हाट स्वास्थ्यचौकीमा लगेको पन्तले बताए । 

महादेवस्थान स्वास्थ्यचौकीका अहेव राधिका कुँवरका अनुसार बिरामीलाई घरमै गएर औषधि दिँदा पनि बचाउन सकिएन। बिरामी हुनेमा ७० वर्षीय पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीय जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीय सपना पार्की रहेका छन् । ७० वर्षीय पार्वतीबाहेक सबैलाई उपचारका लागि हाट स्वास्थ्यचौकी लगिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.