फेसबुक र ट्विटरलाई चुनौती दिने 'डब्ल्यूटी:सोशल'

फेसबुक र ट्विटरलाई चुनौती दिने 'डब्ल्यूटी:सोशल'

एजेन्सी : नयाँ समाजिक संजाल 'डब्ल्यूटी:सोशल'मा १ लाख ६० हजारभन्दा बढी सदस्य बनिसकेको यसका संचालकले बताएका छन्। विकिपीडियाका संस्थापकसमेत रहेका जिमी वेल्सले आफ्नो नयाँ सामाजिक संजाल 'डब्ल्यूटी:सोशल'का प्रयोगकर्ता दिनहुँदिन बढिरहेको दाबी गरेका हुन्।

यो सामाजिक संजाल विज्ञापनबाट नभई प्रयोगकर्ताको चन्दाबाट चल्ने बताइएको छ। डब्ल्यूटी:सोशलमा सहभागी हुने प्रयोगकर्ताबाट कम्पनीले चन्दा व्यवस्था गरेको छ। यस सामाजिक संजाललाई संचालकले समाचारमा केन्द्रित बनाउने बताएका छन्।

यसको टाइमलाइनमा आफ्नो सञ्जालमा रहेका अन्य प्रयोगकर्ताले शेअर गरेका नयाँ समाचार सामग्री पहिला देखिनेछ। हाललाई यसको प्रयोगकर्ताहरूले मासिक १३ अमेरिकी डलर तिरेर यसका सबै सुविधा प्रयोग गर्न सक्छन्।

'हामी तपाईँहरूले कस्तो सामग्री हेर्ने भन्ने निर्णय गर्ने अधिकार तपाईँलाई नै दिनेछौं र गलत शीर्षक सच्याउने वा खराब पोस्टबारे सचेत गराउने अधिकार दिनेछु', डब्ल्यूटी:सोशलको परिचयमा लेखिएको छ। उसले खराब प्रयोगकर्तालाई स्थान नदिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.