कांग्रेस रहेसम्म सरकारको अधिनायकवादी आकांक्षा पूरा हुँदैन : विश्वप्रकाश

कांग्रेस रहेसम्म सरकारको अधिनायकवादी आकांक्षा पूरा हुँदैन : विश्वप्रकाश

काठमाडौं : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेस रहेसम्म सरकारको अधिनायकवादी आकांक्षा पूरा नहुने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेको २१ महिनाको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले यस्तो बताएका हुन्। 

‘नेकपा नेतृत्वको सरकारमा अधिनायकवादी आकांक्षा  छ। तर, नेपालमा कांग्रेस पार्टी पनि छ’, उनले भने, ‘कांग्रेस पार्टी रहेसम्म सरकारको अधिनायकवादी आकांक्षा पूरा हुँदैन र लोकतन्त्र खतरामा पर्ने छैन।’ 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको २१ महिनाको २१ असफलता सार्वजनिक गर्दै पत्रकार सम्मेलन गरेको हो। 

पार्टी कार्यालय सानेपामा कांग्रेका २१ युवा नेताले सरकारको २१ असफलता सार्वजनिक गरेका हुन्। 

कांग्रेसले अहिलको सरकार जन अपेक्षा पूरा गर्न पूर्णरुपमा असफल भएको आरोप लगाउँदै आएको छ।  असफल सरकारको जनतामाझ भण्डाफोर गर्ने प्रवक्ता शर्माले बताए। 

यही मंसिर १४ गते उप निर्वाचन हुँदैछ। वर्तमान सरकारको कमजोरी औंल्याउँदै उप निर्वाचनको माहोललाई आफ्नो पक्षमा पार्ने रणनीतिका साथ कांग्रेसले सरकारका कमजोरी सार्वजनिक गरेको हो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.