बैतडीमा नमुना मतदान

बैतडीमा नमुना मतदान

बैतडी :'बैतडीको सुर्नया गाउँपालिका १ हटैराजमा मंगलबार भएको नमुना मतदान गरिएको छ। मतदानमा एक भोट बदर भएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए।

निर्वाचनमा हुनसक्ने बदर मतलाई कम गर्न गरिएको नमुना मतदानमा ३६ जना सहभागी भएका थिए। खसेको ३६ भोटमा १ भोट बदर भएको निर्वाचन अधिकृत फुँयालले जानकारी दिए। मतदातालाई मतदानको महत्व, मतदान गर्ने तरिकालगायतका विषयमा जानकारी दिन नमुना मतदानको आयोजना गरिएको उनले बताए । 

यस्तै सोमबार बैतडीको दोगडाकेदार ४ मा आयोजना गरिएको नमुना मतदानमा भने ६ जनाको मत बदर गएको निर्वाचन अधिकारी फुँयालले बताए। बुधबार पुर्चौंडी नगरपालिका ४ स्थित पहोरोल मावि बागा भटनामा नमुना मतदानको आयोजना गरिने फुँयालले जानकारी दिए । मंसिर १४ गते उपनिर्वाचन हुने बैतडीका तीनवटै वडामा नमुना मतदान गर्ने कार्यक्रम राखिएको उनको भनाई छ । 

दोगडाकेदार गाउँपालिका ४, सुर्नया गाउँपालिका १ र पुर्चौंडी नगरपालिका ४ मा  वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । तीन वडामा वडाध्यक्ष पदका लागि ८ जना चुनावी मैदानमा छन् । 

यसैबीच उपनिर्वाचन हुने वडामा मंसिर ५ गतेदेखि मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गर्ने निर्वाचन कार्यालयले जनाएको छ । उपनिर्वाचन हुने तीनवटै वडामा खटिने मतदाता शिक्षा स्वयंसेवकको टुंगो लागिसकेको र उनीहरुले घरघरमा गएर मतदाता शिक्षा दिनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.