विप्लवका नेताले छोडे पार्टी

विप्लवका नेताले छोडे पार्टी

काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकापका एक केन्द्रीय नेताले पार्टी छोडेका छन्। 

पार्टीको पोलिटब्यूरो विघटन अगाडीसम्म पार्टीका तेह्र जना पोलिटब्यूरो सदस्यमध्येका एक रहेका कृष्ण धमला (गम्भीर) ले पार्टी छोडेका हुन्। विप्लवको पार्टीलाई सरकारले हिंसात्मक घटनामा संग्लन्न भएको आरोपमा गत वर्ष देखि प्रतिवन्ध लगाएको छ। 

धमलाले मंगलबार एक वक्तव्य जारी गदै पार्टीको पछिल्लो योजना र समग्र विषयमा सहमति हुन नसकेका कारण उक्त पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको घोषणा गदै पार्टी परित्यागको घोषणा गरेका हुन्। 

धमलाले अब आफू स्वतन्त्र वामपन्थीका रुपमा रह्ने पनि घोषणा गरेका छन्। राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आन्दोलनमा सधै लागी रहने प्रतिवद्दता जनाउादै उनले पार्टी छोडेको घोषणा गरेका हुन्। 

विप्लव नेतृत्वको नकेपाले भने उनलाई पार्टीले कारवाही गरेर निलम्वन गरेपछि उनले पार्टी छोडेको जिकर गरेको छ।  ‘उहाँ पार्टीको कारवाहीमा हुनुहुन्थ्यो, अहिले स्वतन्त्र रहने घोषणा गर्नुभएको छ’, विप्लवका एक नेताले भने, ‘पहिल्यै निष्किय रहनु भएको व्यक्तिले पार्टी छोडेको घोषणा गर्नुले पार्टीलाई फरक पदैन।’  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.