दोलखामा बस दुर्घटना हुँदा एक वृद्धाकाे मृत्यु

दोलखामा बस दुर्घटना हुँदा एक वृद्धाकाे मृत्यु

दोलखा : डिजेल सकिएर राेकिएको बस दुर्घटना हुँदा एक वृद्व महिलाकाे मृत्यु भएकाे छ। बुधबार गैरीमुदीबाट काठमाडौं जाँदै गरेकाे बा ३ ख २९९७ नम्बरकाे बस दुर्घटना हुँदा बैत्यश्वर गाउँपालिका-३ कि ७० वर्षिय कुमारी तामाङकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

डिजेल सकिएर भीमेश्वर नगरपालिका-८, बाेचकाे चर्नावती खाेला नजिककाे उकालाेमा राेकिराखेकाे बस ‍ओत नाघेर दुर्घटना भएकाे प्रहरीकाे भनाई छ। बसमा ३ जना मात्र यात्रु रहेकाे र २ जनाले झ्यालबाट हामफालेर ज्यान जाेगाउन सफल थिए।

चालक र सहचालक डिजेल लिन भनेर करिब १० किलाेमिटरकाे दुरीमा रहेकाे सदरमुकाम चरिकाेट आएका बेला यो दुर्घटना भएको प्रहरीकाे भनाई छ। घटनास्थलमा डाेजर र एम्बुलेन्स लिएर प्रहरी पुगिसकेकाे छ। थप विवरण आउन बाँकी छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.