भक्तपुरमा पनि 'बाजेको सेकुवा'

भक्तपुरमा पनि 'बाजेको सेकुवा'

काठमाडौं : बाजेको सेकुवा अब भक्तपुरमा पनि पाइने भएको छ। बाजेको भेन्चर प्रालिले बुधबारदेखि भक्तपुरको गट्ठाघरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। 

बाजेको सेकुवाकी निर्देशक नितिमा कार्की र समाजसेवी सरस्वती थापाले उक्त शाखाको उद्घाटन गरेकी हुन्। यही तीन महिनाको अवधिमा ललितपुरको कुमारीपाटी र अमेरिकाको डालासमा पनि यो कम्पनीले आफ्ना नयाँ शाखा सञ्चालन ल्याएको छ।

उपत्यका बाहिर पोखरा, भरतपुर, र बुटवलमा फ्रान्चाइज मोडेलमा रेष्टुरेन्ट सञ्चालन भइरहेको छ। अमेरिकाको न्युयोर्कमा पनि बाजेको सेकुवा हिमालयन ग्रिल भनेर सञ्चालनमा छ।अस्ट्रेलिया, बेलायतमा पनि आगामी दिनमा विस्तार गर्ने योजना रहेको बाजेको सेकुवाका अप्रेसन प्रमुख सञ्जिव तिमल्सिनाले जानकारी दिए।

नेपालमा जनकपुर, नेपालगन्ज, वीरगन्ज, विराटनगर र चितवनको मुग्लिनमा शाखा सञ्चालनको तयारी भइरहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.