करिनाको परिवारलाई सहयोग जुट्दै, बहिनी र आमाको निशुल्क उपचार हुने

करिनाको परिवारलाई सहयोग जुट्दै, बहिनी र आमाको निशुल्क उपचार हुने

धादिङ : आमा प्यारालाइसिसले थलिएको अवस्थामा बाबाले आत्महत्या गरेपछि बिचल्लीमा परेका नीलकण्ठ नगरपालिका १२ आँगेटारीस्थित करिना थापामगरको परिवारलाई सहयोग जुट्न थालेको छ । प्यारालाइसिसले थलिएकी करिनाकी आमा लक्ष्मी थापा मगर र शरीरको जताततै बाक्लो रौँसहित पिठ्युँमा मासुको डल्ला भएकी बहिनी सोमकुमारी पनि उपचार हुने भएको छ । 

काठमाडौंको धुम्वाराहीस्थित हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले सम्भव भएसम्मका सबै उपचार निशुल्क गरिदिने अस्पतालका अध्यक्ष आर एस भण्डारीले अन्नपूर्णकर्मीसँग टेलिफोनमा बताए ।

आत्महत्या गरेको करिनाको बाबाको भर्खरै काजक्रिया सकिएकाले घरको व्यवस्थापन मिलाएर जतिसक्दो चाँडो उपचारको लागि पठाइने नीलकण्ठ नगरपालिका १२ का अध्यक्ष बाबुराम लंसालले बताएका छन् ।

साँकोषस्थित साँकोष उच्च माविमा ७ कक्षामा अध्ययनरत करिनाको १२ कक्षासम्म पढ्दा लाग्ने शैक्षिक सामाग्री, लत्तापकडा सहितको सबै खर्च धादिङवेशीमा विभिन्न पेशा व्यवसायमा रहेका युवाको समूह 'डायमण्ड इन्भेष्टमेन्ट ग्रुप' ले बेहोरिदिने भएको छ । 

सोही ग्रुपले प्रवद्र्धन गरेको स्वर्णीय बहुउद्येश्यीय सहकारीमा करिनाले १२ कक्षा पास गरेपछि रोजगारीको ग्यारेन्टी सहित पढाइ खर्च बेहोर्नका लागि साँकोष उच्च माविसँग लिखित सम्झौता नै गरिदिएको छ ।

त्यस्तै करिनाकी बहिनी सोमकुमारीको उपचारपछि र भाइ काजीका लागि उनीहरुले पढ्न चाहने सम्मको उच्च शिक्षा अध्ययनमा लाग्ने सबैखाले खर्च, बालबालिकाको शिक्षा, दिक्षा र सुरक्षाका लागि काम गरिरहेको संस्था नेपाल युथ फाउण्डेशनले बेहोर्ने सस्थाका कार्यक्रम व्यवस्थापक राजन पण्डितले प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै तीनवटै बालबालिकाको पढाइको खर्चस्वरुप पोखराका ८६ वर्षीय वृद्ध दिनबन्धु कोइरालाले पनि मासिक ५ हजार बालबालिकाको खातामा दिने प्रतिवद्धता जनाएका छन् । आमाको प्यारालाइसिस भएको र बाबाले आत्महत्या गरेपछि बालबालिकाको विचल्ली भएको समाचार सार्वजनिक भएपछि छिमेकी विद्यालयमा अध्ययनरत बालबालिकाले खाजा खर्च कटाएर नगद जम्मा गरी साँकोष उच्च मावि पुगेर हस्तान्तरण गरेका छन् ।

नीलकण्ठ माविबाट ३५ हजार ६ सय १०, पन्चकन्या माविबाट ११ हजार ८ सय ८०, पण्डितचौर आधारभुत विद्यालयबाट १० हजार ५, करिना अध्ययनरत विद्यालयकै जुनियर रेडक्रस सर्कलबाट १४ हजार १ सय ५, गणेश हिमाल क्याम्पसबाट २० हजार ७ सय ३५, मनरुपी माविबाट ८ हजार ७ सय ३०, धादिङ वोर्डिङ तेक्वान्दो विद्यार्थी बाट ४ हजार २ सय ७०, किवो बोर्डिङ स्कुलले १२ हजार ७ सय ७५, जुनियर रेडक्रस गोष्ठीबाट ६ हजार ५ सय ३०, पशुपति मावि ८ हजार ४ सय ७५, बालमन्दिर मावि बाट ११ हजार ४ सय ३०, सुनगाभा एकेडेमीबाट ५ हजार १ सय ५० र कुण्डला माविबाट १ हजार ६ सय रुपैया बालबालिकाहरुले साथीको सहयोग स्वरुप विद्यालयलाइ हस्तान्तरण गरेका छन् ।

त्यस्तै सिद्धलेक गाउँपालिका कार्यलयले नगद ५० हजार, आवाज अभियान नेपालले १५ हजार र परोपकारी युवा समाजको ११ हजार सहयोग गरेका छन् । समाचार सार्वजनिक भएपछि बालबालिकाको शिक्षा दिक्षा  घरब्यवहारमामा सहयोगको लागि विभिन्न सामाजिक सस्थाहरु र ब्यक्तिहरुले चासो देखाएकाले भविष्यमा बालबालिकाको उच्च शिक्षा र घरब्यवहारमा खर्च गर्ने गरि विद्यालयको तर्फबाट शिक्षक राम लामिछाने, बालबालिकाका काका बलबहादुर थापा मगर र विद्यालय ब्यवस्थापन समितिका सदस्य टिका मगरको संरक्षकत्वमा राष्ट्रिय बाणिज्य बैंक धादिङवेशीमा १०३००२०२८८१० नम्वरको खाता संचालन गरिएको छ ।

त्यस्तै वडा कार्यलयको पहलमा वडा अध्यक्ष बाबुराम लंसाल र काका इन्द्र बहादुर थापा मगर संरक्षक रहने गरि तिनवटै बालबालिकाको नाममा सानिमा बैंक धादिङवेशी शाखामा ००४०११०८००००३८८ नम्वरको खाता संचालन गरिएको छ ।

करिनाको घर भुकम्पको अनुदान पाउने सुचीमा रहेपनि पहिलो किस्ता लिएर अहिलेसम्म बनेको छैन । उनीहरु अहिले टहरामा बस्दै आएका छन् । विभिन्न सस्थासंग समन्वय गरेर उनीहरुको पक्की घर पनि बनाइदिने वडा अध्यक्ष बाबुराम लंसालले बताए ।

त्यस्तै सामाजिक अभियन्ता राधा श्रेष्ठ, मिरा केसी र प्रभा पोखरेलको पहलमा विभिन्न सहयोगी व्यक्तिबाट  उठाइएको ६७  हजार बालबालिकालाई प्रदान गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.