ओली सरकार तानासाही भयो : वरिष्ठ नेता पौडेल
धरान : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार तानासाही भएको आरोप लगाएका छन्। कांग्रेस धरानको चुनावीसभालाई समबोधन गर्दै उनले सरकारले देशको विकास गर्न छाडेर कार्यकर्ता भर्ती र सरकारी ढिकुटीको दुरुपयोग गर्न थालेको आरोप लगाए।
कांग्रेसले जनमुखी काम गरेको भए पनि नेकपाले दुई वर्ष सरकारको नेतृत्व गर्दासमेत सरकारी निकायमा कार्यकर्ता भर्ती भन्दा अन्य केही नगरेको आरोप लगाए। उनले कम्युनिस्टलाई भोट हाल्नु भनेको आत्महत्या गर्नु सरह भएको भन्दै धरानका मतदाताहरुलाई कांग्रेस उमेद्वार तिलक राईलाई भोट दिन अनुरोध गरे।
सभामा कांग्रेस महामन्त्री डा. शंशाक कोइराला, केन्द्रीय सदस्य महेश आचार्य र डा.शेखर कोइरालाले पनि कांग्रेस उमेद्वारलाई जिताए मात्र धरानको विकास सम्भव भएको बताए।