राजस्वको कमजोर वृद्धिदर

राजस्वको कमजोर वृद्धिदर

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा राजस्वलक्ष्य र असुलीबीचको खाडल झण्डै ७३ अर्ब ५३ करोड रुपैयाँपुगेको छ । सरकारले पहिलो चौमासिकमातीनखर्ब ३० अर्ब ५३ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकामादुई खर्ब ५७ अर्ब रुपैयाँमात्र संकलनभएको छ । राजस्वको वार्षिक वृद्धिदर १.१९ प्रतिशत देखिन्छ । गतआर्थिक वर्षको पहिलो चौमासमादुई खर्ब ५३ अर्ब ९६ करोड रुपैयाँ राजस्व उठेको थियो । राजस्वको वार्षिक वृद्धि ३ अर्ब चार करोड रुपैयाँमात्र छ । जबकि सरकारले वार्षिक राजस्व असुलीलक्ष्यगतवर्षको तुलनामा १७.६६ प्रतिशतले बढाएको छ । ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलनगर्ने सरकारको लक्ष्य छ । पहिलो चौमासिकमा संकलनभएको राजस्वको अवस्थानिराशाजनक छ ।

राजस्व वृद्धिदर मन्दहुनुको प्रमुख कारण निजी क्षेत्रको विस्तार रोकिनु हो । उदाहरणका लागि यो अवधिमा बैंकहरूले तिर्ने आयकरसमेत घटेको छ । बैंकहरूको ऋण विस्तार कमजोर हुँदानाफा घटेको हो । अपेक्षित ऋण विस्तार नभएको मात्रहोइन, कर्जा असुलीमा समेत समस्या देखिनथालेको छ । यसले आर्थिक गतिविधि सुस्त भएको प्रस्ट संकेत मिल्छ । अर्कातर्फ सरकारको अतिनियमनले निजी क्षेत्र सशंकित छ । जसका कारण व्यवसायविस्तार हुन सकेको छैन । निजी क्षेत्रको लगानीप्रोत्साहनगर्नेभन्दापनितर्साउने, धम्क्याउने र राजनीतिकआवरणमा पार्टीका भ्रातृ संगठनदेखि शक्तिका आडमा रहेकाले असुल्ने क्रमतीव्र छ । अदालतले देवानीदायित्वभनेर फैसला गरेका मुद्दामा प्रतिष्ठित व्यवसायीलाई अपराधीझैं थुन्ने कामभएको छ । यसले निजी क्षेत्रको आत्मविश्वासमा आघात पारेको छ । निजी क्षेत्रमाउत्साह देखिँदैन ।

राजस्व वृद्धि सुस्त हुनुको अर्को कारण आयात घट्नु हो । कूल राजस्वको ४४ प्रतिशतभन्सार बिन्दुमाविभिन्नशीर्षकका करमार्फत संकलनहुने गरेको छ । आयात घट्दा भन्सार महसुलमात्रहोइन, अन्त:शुल्क, मूल्यअभिवृद्धि कर (भ्याट) मा समेत कमीआएको छ । उपभोग्य वस्तुको आयात घट्नु राम्रो भएपनि अर्थतन्त्रको उत्पादनशीलक्षमता बढाउने वस्तुको आयातमाकमीआउँदायसले अर्थतन्त्रको विस्तार रोकिने अवस्थामापुगेको छ । त्यस्तै भन्सार मूल्यांकन पद्धतिमा आधुनिकप्रचलितमूल्य मान्यताबाट पछि हटेर सन्दर्भ मूल्यकाआधारमाभन्सार जाँचपास गराउने दशकौं पुरानो चलनपुन:प्रचलनमाल्याइएको छ । करको जटिलता बढेको भनेर विश्व बैंकले हरेक वर्ष प्रकाशनगर्ने व्यवसायमैत्रीवातावरणसम्बन्धी प्रतिवेदन (२०२०) ले उल्लेख गरिसकेको छ । कर्मचारीतन्त्रमापनिव्यवसायमैत्रीवातावरणमा सुधार र सहजीकरणभन्दा पनि सत्ताको चाकडीमा लिप्तहुने प्रवृत्तिले गाँजेको छ ।

राजस्व घट्नुको अर्थ देश झन् गरिबीउन्मुखहुनु हो । यसले विकास निर्माणदेखि जीवनस्तरसम्ममानकारात्मकप्रभाव पर्छ । त्यसलाई ख्यालनगरी अनेक बहानाबाजीमाविकास निर्माणका काम टार्ने क्रमनिरन्तर छ । बलियो सरकारले पनि गुणस्तरीय विकास निर्माणका कामलाई गतिदिनविकास खर्चमा देखिएको समस्यामा सार्थक हस्तक्षेप गर्न सकेको छैन । बहालवालामन्त्रीले फाइल अड्काइदिएर कयौंकाम ढिलाइ गराइदिएका छन् । सरकारले विकास निर्माणलाई गतिदिननसक्दासिमेन्ट, छड उद्योगमामन्दी देखिनथालिसकेको छ । अन्यव्यवसायमापनिनगदप्रवाहको अभाव देखिन्छ । निजी क्षेत्रलाई फैलिननदिने र निचोरेर कर मात्रलिने नीतिले देशमाउद्यमव्यवसाय नै टिक्न नसक्ने अवस्थामा पुग्छन् । उद्यम, व्यवसाय र आयआर्जन बढे निजी क्षेत्रले तिर्ने कर बढ्दै जान्छ । यो क्रमले आगामीदिनमापनि राजस्व असुलीको लक्ष्यप्राप्तिनिकै जटिल देखिन्छ । यस सम्बन्धमा सरकारले गम्भीर पुनर्विचार गर्न जरुरी भइसकेको छ । नत्र अर्थतन्त्रक्रमश:ओरालो लागेर कुनै दिनथला पर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.