फर्कियो गुमेको खुसी

फर्कियो गुमेको खुसी

गुल्मी : मालिका गाउँपालिका–१ का ९२ वर्षीय दुर्जमान पुनलाई वर्षौदेखि आँखा राम्रोसँग नदेख्ने समस्या थियो। उमेर ढल्किदै गएपछि उनले आँखा देख्नै छाडे। घर छाडेर आँखाको शल्यक्रिया गर्न उनलाई असम्भव थियो। सदरमुकाम तम्घास र बुटवल, पाल्पा पुगेर मोतियाबिन्दुको शल्यक्रिया गर्न पैसा थिएन्।

एक महिनाअघि गाउँमै निःशुल्क आँखा शिविर चल्यो। त्यही शिविरमा उनले आँखाको चेकजाँच गराए। चिकित्सकले मंसिरमा संचालन हुने शल्यक्रिया शिविरमा आउन भनेपछि उनले मंगलबार गाउँपालिका कार्यालय अर्खावाङ पुगेर निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गराए।

१२ वर्षपछि उनी स्पष्ट आँखा देख्ने भएका छन्। वर्षौंदेखि गुमेको उनको खुसी अहिले फर्किएको छ। उनीजस्तै मालिका गाउँपालिकाका थुप्रै मोतियाबिन्दु भएका बृद्धबृद्धाहरुको निःशुल्क शल्यक्रिया भएको छ। आँगनमै आएको सुविधाले उनीहरू लाभाम्वीत भएका छन्। सहर पुगेर आँखाको उपचार गराउन सपनाजस्तै लाग्ने उनीहरूले राहतको महशुस गरेका छन्। मालिका–३ ह्वाङदीका ७४ वर्षीय धनबहादुर थापामगरले पनि शिविरमा पुगेर मोतियाबिन्दुको शल्यक्रिया गराए।

‘बुढेसकाल लागेपछि आँखा देख्नै सकिएको थिएन’, उनले भने, ‘अहिले चस्मा लगाएपछि आँखा देख्ने भएको छु।’ उनले गरिबहरूका लागि यस्ता शिविर चलाइरहनुपर्ने सुझाव दिए। मालिका गाउँपालिकाले सोमबार र मंगलबार गाउँका बृद्धबृद्धाहरूका लागि दुई दिन निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया शिविर सञ्चालन गरेको हो। घर जान आउन नसक्ने बृद्धबृद्धाहरूका लागि आउजाउ गर्न गाडीकोसमेत व्यवस्था मिलाइएको थियो।

घरघरै पुगेर गाउँपालिकाका कर्मचारीहरूले बृद्धबृद्धालाई शिविरसम्म ल्याएका हुन्। शिविरमा ७१ जना बृद्धबृद्धाहरूको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिका स्वास्थ्य संयोजक बसन्त भुषालले जानकारी गराए। ‘सबै वडाका बृद्धबृद्धालाई यसअघि चलेको आँखा शिविरबाट पहिचान गराएर शल्यक्रिया गराएका हौँ’, उनले भने, ‘हरेक वर्ष शिविर चलाएर उनीहरूको उपचार गराउछौँ।’

एउटै घरका दुईजनाको समेत शिविरमा मातियाबिन्दुको शल्यक्रिया गरिएको छ। बृद्धबृद्धाहरूलाई सहरमा पुगेर शल्यक्रिया गर्न हजारौँ खर्च हुने र आउनजान समस्या हुने भएपछि गाउँमै शिविर चलाइएको उनको भनाइ छ। पाँचवटै वडाका बृद्धाबृद्धाहरू शिविरबाट लाभाम्वीत भएका छन्।

शिविर सञ्चालनका लागि गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत तीन लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए। गतवर्ष गाउँपालिकाले सञ्चालन गरेको शिविरमा भेटिएका ४६ जना बृद्धबृद्धाहरूको पनि यसपटक निःशुल्क शल्यक्रिया गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.