अध्यक्ष दाहाल-नेपाल भेट : समसामायिक राजनीतिक विषयमा छलफल

अध्यक्ष दाहाल-नेपाल भेट : समसामायिक राजनीतिक विषयमा छलफल

काठमाडौं : पार्टीमा कार्यकारी अधिकार पाएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेताहरूसँग परामर्श थालेका छन्। दाहालले बिहीबार वरिष्ठ नेता माधवकुमार नेपालसँग उनकै निवास कोटेश्वरमा भेट गरे। ‘उहाँहरूबीच बिहीबार बिहान भेट भयो’, नेपालका स्वकीय सचिव मोहन गौतमले अन्नपूर्णसँग भने, ‘समसामायिक राजनीतिमा छलफल केन्द्रित भयो होला। ’

स्थायी समिति र केन्द्रीय कमिटी बैठक बोलाएर पार्टी एकीकरणका बाँकी काम, विभाग र जनवर्गीय संगठनहरूको पूर्णता, प्रदेश २ कमिटीको विवाददेखि भइपरी आउने कामलाई व्यवस्थित बनाएर लैजान नेपालले आग्रह गरेको स्रोत बताउँछ। दाहालनिकट स्रोतले भने सामान्य भेट मात्र भएको बताएको छ। 

अन्य नेतासँग पनि छलफल गरी पार्टी बैठक बोलाउने सोच बनाएको जनाइएको छ। दाहालले ओलीसँगकै छलफलमा स्थायी समिति बैठक बोलाउने विषयमा पनि कार्यविभाजनपूर्व नै मोटामोटी सहमति बनाएका छन्। 

नेपाल नेकपामा फरक धारको नेतृत्व गर्दै अगाडि बढिरहेका नेता हुन्। विधि र पद्धतिको विकास गर्नुपर्ने अडानसहित उनले पार्टी एकतायता तीनपटक असहमतिपत्र दर्ता गराएका छन्। दाहाललाई कार्यकारी जिम्मेवारी र केपी शर्मा ओलीलाई पाँच वर्ष सरकारको नेतृत्व दिने गरी सचिवालय बैठकले बुधबार दुई अध्यक्षको कार्यविभाजन गर्दा भने सर्वसम्मत निर्णय भएको थियो। एकताको १८ महिनापछि दुई अध्यक्षको कार्यविभाजन टुंग्याउँदै नेकपाले दाहाललाई पार्टीको ‘कार्यकारी’ अधिकार दिएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.