अख्तियारलाई शाही आयोग बनाउन खोजिँदैछ : देउवा

अख्तियारलाई शाही आयोग बनाउन खोजिँदैछ : देउवा

पोखरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ‘शाही’ आयोग बनाउन खोजेको आरोप लगाएका छन्। 

डेमोक्रेटिक लयर्स एसोसिएसनले पोखरमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ‘सरकारले अख्यितारलाई शाही आयोग जस्तो बनाउन खोज्दैछ’, उनले भने, ‘यो हामीलाई सह्य छैन, हामी लडाईं लडेर छाड्छौँ।’ 

सभापति देउवाले संवैधानिक परिषद्लाई कठपुतली बनाएर आफ्ना मान्छे भर्ती गर्न सरकार लागि परेको आरोप लगाए। संवैधानिक परिषदमा सहमतिको बाटो छाडेर सरकारले एकलौटी गर्न थालेको उनको भनाइ थियो।

अब कांग्रेसले सदन र सडकमा यसको विरोध गर्ने चेतावनी दिए। कांग्रेसले कुनै पनि हालतमा उक्त अध्यादेश पास हुन नदिने दाबी गरे। 

केपी शर्मा ओली नेतृत्वको सरकारले नागरिकका अधिकार खोसेर प्रजातन्त्रलाई नै कमजोर बनाउन लागेको आरोप लगाए। राष्ट्रवादी भनेर चिनिएका प्रधानमन्त्री ओलीको राष्ट्रवाद अहिले कालापानी र लिम्पियाधुरामा देखिएको टिप्पणी गरे।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.