'हामीसँग सफल वर्तमान र उज्यालो भविष्य छ'

'हामीसँग सफल वर्तमान र उज्यालो भविष्य छ'

 काभ्रे : प्रधानमन्त्री केपी ओलीले अब छोटो समयभित्र नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने बताएका छन्। 

काठमाडौँ विश्वविद्यालय (केयू)का कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार धुलिखेलमा केयूको २५ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै अरुले बनाइदिने नभई नेपालीले नै नेपाल बनाउने स्पष्ट पारे।   

प्रधानमन्त्री ओलीले देशको भविष्य उज्ज्वल रहेको बताए। ‘हामीसँग सफल वर्तमान छ’, प्रधानमन्त्री ओलीले भने, ‘भविष्य उज्यालो छ। अब ढुक्क भएर अगाडि बढ्न सक्ने क्षमता छ।’ 

प्रधानमन्त्री ओलीले नेपाल उर्वर देश भएकाले सबैखाले उत्पादन गर्न सक्ने बताए। ‘हामी केही कारणले आर्थिक रुपमा पछाडि पर्‍यौँ तर अब सधैँ पछाडि पर्दैनौँ’, ओलीले भने, ‘हिजो पछाडि पर्नका लागि अनेकौँ कारणमध्ये शिक्षाको अभाव एउटा थियो।’ 

प्रधानमन्त्री ओलीले सरकार गुणस्तरीय शिक्षा प्रदान गर्ने बाटामा जाँदै गरेको उल्लेख गर्दै केयूको दीक्षान्तमा ५४ प्रतिशत छात्रा रहेकामा खुशी व्यक्त गरे। 

जनशक्ति उत्पादनमा छात्राको सङ्ख्या बढ्नु पनि ठूलो खुशीको कुरा भएको उनको भनाइ छ। उनले पुस्तालाई उत्साह र आत्मविश्वासका साथ अगाडि बढ्न पनि आह्वान गरे। 
  
दीक्षान्त समारोहमा भारतको जयपुरस्थित मणिपाल विश्वविद्यालय प्रमुख डा के रामनारायणले केयूसँगको सहकार्यमा मेडिकल क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको बताए।

केयूका उपकुलपति प्रा डा रामकण्ठ माकजू श्रेष्ठले शिक्षा प्रणालीलाई कसरी सान्दर्भिक बनाउने भन्ने कुरामा जोड दिए। 

दीक्षान्त समारोहमा एमबिबिएस स्नातक तहमा सबैभन्दा बढी ७९ दशमलव ६७ प्रतिशत अङ्क ल्याउने लुम्बिनी मेडिकल कलेज पाल्पाका विवेक पौड्याललाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरिएको छ। केयूका चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका एक हजार ६०४ दीक्षित भएका छन्। 

दीक्षित हुनेमा एमसिएच, डिएम, एमडी, एमएस, एमएस्सी, र एमडीएसका एक हजार ९८, बिडिएसका २१८, बिएस्सी इन नर्सिङका ११६ र बिपिटीका २४ विद्यार्थी छन्। 

भारत, भुटान, श्रीलङ्का, मालदिभ्स, अमेरिका र बेल्जियमका २४६ विद्यार्थीसमेत आज दीक्षित भएका छन्। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.