'चर्को भाषण गरेर आँखामा छारो नहालियोस्, भारतलाई औपचारिक पत्र पठाइयोस् !'
काठमाडौँ : राप्रपाका अध्यक्ष कमल थापाले नेपाली भू-भाग अतिक्रमण सम्बन्धमा सरकारले अहिलेसम्म भारतलाई औपचारिक पत्र नपठाएको भन्दै आपत्ति जनाएका छन् ।
सरकारले अहिलेसम्म कालापानी, लिपुलेक अतिक्रमणबारे नेपाल सरकारले भारतलाई औपचारिक पत्र पठाएको वा त्यसबारे विरोध जनाएको नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
'चर्को भाषण गरेर, विज्ञप्ति निकालेर मात्र जनताको आँखामा छारो हाल्ने काम नहोस्, यसबारे वार्ता गर्न भारतलाई तत्काल औपचारिक पत्र पठाइयोस्' नेता थापाले आग्रह गरेका छन् । थापाले सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन् ।