नेपालको कामप्रति खुसी छौँ : जोर्गन

नेपालको कामप्रति खुसी छौँ : जोर्गन

काठमाडौं : अमेरिकी उपसहायक मन्त्री जोर्गन के एन्ड्रीजले नेपालको शान्ति सुरक्षा र न्यायमा सुधारका लागि अमेरिकाले निरन्तर सहयोग गर्ने बताएका छन्। 

अमेरिकाको अन्तर्राष्ट्रिय लागुऔषध तथा कानुन कार्यान्वयन मामिला सम्बन्धी उपसहायक मन्त्री एन्ड्रीजले नेपालमा शान्ति सुरक्षा र न्यायका क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै अमेरिकी सहयोगको प्रतिवद्धता जनाए। 

नेपाल भ्रमणमा रहेका एन्ड्रीजले शुक्रबार काठमाडौंमा पत्रकारसँगको कुराकानीमा उनले नेपालस्थित अमेरिकी राजदूतावासले नेपालका सुरक्षा निकाय र न्यायालयसँग सुधारका पक्षमा निरन्तर काम गरिरहेको बताए।

‘अहिले हामी विश्वका ९० भन्दा बढी मुलुकसँग काम गरिरहेका छौं,’ उनले भने, ‘अहिले नेपालमा पनि जनमुखी न्याय र प्रहरी प्रशासन निर्माणमा हाम्रो जोड हो। 

नेपालको कामप्रति हामी खुसी छौं।’ उनले नेपालमा रहँदा प्रहरी, महान्यायाधीवक्ताको कार्यालय, न्यायाधीशलगायतसँग छलफल गरेको जनाउँदै प्रहरी र न्यायालयलाई सक्षम, योग्य र विश्वसनीय संस्थाका रुपमा स्थापित गर्नु नै अमेरिकाको लक्ष्य रहेको स्पष्ट पारे।

नेपाले संघीयता कार्यान्वयमा गएको र विभिन्न कानुन निर्माणको चरणमा रहेको भन्दै उपसहायक मन्त्री एन्ड्रीसले परिणाममुखी र विश्वसनीय न्यायप्रणाली र प्रहरी प्रशासनमा जोड दिए। 

उनले नागरिक, प्रहरी र न्यायालयबीचको बुझाइमा एकरुपताको खाँचो औंल्याउँदै कानुनी शासन स्थापनाका लागि प्रहरी र न्यायालयले ध्यान दिनुपर्ने बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.