वाह ! च्छो रोल्पा (फोटो फिचर)

वाह ! च्छो रोल्पा (फोटो फिचर)

चर्चित पर्यटकीय गन्तव्य हो, च्छो रोल्पा ताल। दोलखा जिल्लामा रहेको यो ताल विश्वकै उचाइमा रहेको सबैभन्दा ठूलो हिम ताल हो। चार हजार पाँच सय ८० मिटर उचाइमा रहेको यो ताल डुलुगं हिमालको फेदमा छ।

साता दस दिनका लागि पदयात्राको योजना बनाउनुभएको छ भने रोल्वालिङ भ्याली हँदै च्छो रोल्पा ताल उपयुक्त गन्तव्य हुन सक्छ। गौरीशंकर हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्दै हुने यो पदयात्राले हरेक दिन नयाँनयाँ प्रकृतिसित जोड्छ।

पहिलो दिनको यात्रा मोटरबाट काठमाडौंदेखि दोलखा सदरमुकाम चरीकोट हुँदै सिँगटी नजिकको गाउँ छेटछेट (१३९८ मि.) पुग्न सकिन्छ। छेटछेटबाट सिमीगाउँ (२००० मि.) पुग्न तीन हजारभन्दा बढी ठाडो खुट्किला पार गर्नुपर्छ। सिमीगाउँपछि सुरमुचे (२४७० मि.) पुगिन्छ। जुन यात्रा विशाल पहाडका बीच गर्नुपर्ने हुन्छ। सुरमुचेबाट क्याल्चे (२८१० मि.), डोन्ग्याङ (२७९० मि.), थागंदिग (३३४३ मि.) हँदै वेदिङ (३७२१ मि.) जाँदा घना जंगल, सुन्दर झरना, पुल, खोला देख्न सक्छांै।

बेदिङबाट रोल्वालिङ भ्याली सुरु हुन्छ। शेर्पा बस्ती, गुम्बा, नजिकै बगेको रोल्वालिङ खोला र उत्तरतिरको गौरीशंकर हिमशृंखलाले मन नै आनन्दित गराउँछ। बेदिङपछि अर्को सुन्दर बस्ती नाँ गाउँ (३९४३ मि.) आउँछ, जुन च्छो रोल्पादेखि सबैभन्दा नजिकको गाउँ हो।

गुम्बा, शेर्पा बस्ती र सुन्दर ल्यान्डस्केपले मन नै लोभ्याउछ। नाँ गाउँबाट तीन घण्टाको यात्रापछि ताल पुगिन्छ। ताल पुग्नुअघि उकालो हिँड्नुपर्छ। उकालो सकिएपछि एकै पटक तालमै पुग्दा स्वर्ग नै पुगेको महसुस हुन्छ।

हिम ताल भएकाले यहाँ पानीको सतह बढ्दै गएको देख्न सकिन्छ। कुनै पनि समयमा ताल फुट्न सक्छ भन्ने अनुमान गरिँदा एकप्रकारले जोखिम र त्रास सिर्जना गरेको थियो। कथंकदाचित् ताल फुटे आपत्कालीन सूचना दिने साइरनहरूको व्यवस्था गरिएको छ।

हेर्नुहाेस् तस्बिर:


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.