राजपा मोरङको विवाद उत्कर्षमा
विराटनगर : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मोरङ जिल्ला कार्यसमितिको विवाद उत्कर्षमा पुगेको छ। जिल्ला नेताको विवादका कारण राजपा मोरङ दुई समूहमा विभाजन भएको छ।
राजपा विवादका कारण मो.कादिर र लक्ष्मण साहको अध्यक्षामा छुट्टा–छुट्टै दुई वटा जिल्ला कार्यसमिति बनेको छ। दुबै जिल्ला कार्यसमतिले आधिकारी भएको दाबी गरेका छन्। कादिरले पत्रकार सम्मेलन गरेर आफूले अध्यक्ष मण्डल मोरङका चार सदस्यको सर्थन प्राप्त गरेको दाबी गरे।
उनको संयोजकत्वमा ५१ सदस्य जिल्ला कार्यसमिति चयन गरेको सार्वजनिक गरेका छन्। अध्यक्ष मण्डलका सदस्य मालबावु सहनी र शंकर साहसहित पार्टीका केन्द्रीय महासचिव रामलाल सुतिहार, जगदीश अधिकारी, केन्द्रीय सदस्य राजेन्द्रप्रसाद गुप्ता, सत्यनारायण साहलगायतका नेताको उपस्थितिमा राजपा मोरङको शपथ ग्रहण तथा पदस्थापना समारोहको आयोजना गरेर लक्ष्मण साहको अध्यक्षतामा अर्कोे जिल्ला कार्यसमितिको घोषणा भएको छ।
साह तत्कालीन सद्भावना पार्टीका सक्रिय नेता हुन। लामो समयदेखि मधेशी राजनीतिमा सक्रिय रहँदै निर्वाचनमा समेत भाग लिइसकेका छन्।