धादिङमा जन्ती बस दुर्घटना : १ को मृत्यु, ४० घाइते

धादिङमा जन्ती बस दुर्घटना : १ को मृत्यु, ४० घाइते

धादिङ : पृथ्वीराजमार्गअन्तर्गत धादिङको बैरेनी बजारमा जन्ती बोकेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गल्छी गाउँपालिका ६ बैरेनीबजारमा आइतबार बिहान भएको दुर्घटनामा अन्य ४० जना जन्ती घाइते भएका छन्।

नुवाकोटको बाँसागडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको जन्ती बोकेको बस दुर्घटनामा परेको प्रहरी चौकी बैरेनीले जानकारी दिएको छ। दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका ५ की १४ वर्षीया डोल्मा तामाङको मृत्यु भएको हो। 

घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।

दुर्घटनामा सामान्य घाइते भएका २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.