नगरपालिकामा उत्पादन छ, यातायात छैन

नगरपालिकामा उत्पादन छ, यातायात छैन

बागलुङ : वारीपारी भीरपाखा र अग्लो घुम्टे पहाड । त्यही बीचको गाउँ हो बरेखानी । जहाँ अझै पनि सडक पुगेको छैन । यहाँको जमीन भने निकै उर्बर छ । बन र भीरको बीचमा भएकाले खाद्य बाली जंगली जनावरले फस्टाउन दिँदैन। त्यसैले बरेखानीका किसानले तरकारी उत्पादनबाटै परिवारको जिविका चलाउने गरेका छन् । 

तर, गाउँमा उत्पादन गरेका कृषि उपज बजारमा लैजान सडक र सवारी साधनको ठूलो सकस र समस्या भएको किसानको गुनासो छ । गलकोट नगरपालिका ९ बरेखानीका किसान अधिकांश गाउँ, बस्ती र टोलमा सडकको पहुँच पुग्दा पनि आफै पिठ्युमा भारी बोकेर घन्टौंको पैदल यात्रामार्फत बजार लैजान बाध्य छन् । 

पैदलयात्राममार्फत गाउँ पुग्नुपर्ने भएका कारण तरकारीको स्याहार गर्ने समयभन्दा बोकेर बजार लैजाने समस्याले पिरोल्ने गरेको कृषकको गुनासो छ । गाउँमा बाटो नआउँदा व्यवसायिक रुपमा तरकारी खेतिबाट राम्रो आम्दानी गर्ने सम्भावना भएपनि निर्वाहमूखी खेती गरेर बस्न बाध्य भएको स्थानीय किसान चुडामणी गौतमले बताए । 'गलकोटको अन्य भागमा भन्दा यहाँ धेरै परिमाणमा तरकारी उत्पादन गर्न सकिन्छ,' गौतमले भने, 'बोकेर धेरै लैजान सकिन्न, धेरै उत्पादन गरेर कुवाउनुभन्दा भनेर थोरै खेती गर्छौ ।'

गलकोट नगरपालिकाका केन्द्र हटिया बजार र मध्यपहाडी लोकमार्गबाट भूगोलको हिसाबले नजिकै भएपनि यो बस्तीमा मोटर पुगेको छैन । बरेखानी गाउँमा पहिले २० घर थिए । राज्यको उपेक्षा, अभाव र असुविधाका कारण बसाई सराई बढ्दै गए पछि अहिले ८ घर मात्र छ । यी सबैले तरकारी उत्पादन गर्ने भएका कारण यस गाउँलाई तरकारी गाउँको रुपमा समेत चिनिने गरिएको छ । सानो बस्ती भएका कारण यहाँ हाल सम्म सडकको पहुँच पुग्न सकेको छैन । 

गाउँमा यातायातको सहज पहुँच भए निर्वाहमूखी खेती बदलेर व्यवसायिक रुपमा उत्पादनमा लाग्ने कृषक मित्रलाल गौतमले बताए । अहिले काउली, बन्दा, अदुवा, गाँजर, मुला, गोलभेडालगायतका नगदे बालीबाट यहाँका किसानले वार्षिक दुईदेखि छ लाखसम्म आम्दानी गर्छन्।'यहाँको जमिन उर्बर छ, बाटो मात्र ल्याइदिए बाझो बनेका जमिन समेत लिजमा लिएर हामी व्यवसायिक खेती गर्न तयार छौं,' मित्रलालले अन्नपूर्णकर्मीसँग भने, 'सडक माग कसलाई सुनाउने ? घण्टौं पैदल हिड्नुपर्ने भए पछि नेता, कर्मचारी पनि गाउँमा आउँदैनन्, नेताहरु चुनावमा मात्र जसोतसो आउँछन्, अनि चुनाव सकिएपछि हराउँछन् ।'

सडकको सुविधा भए बसाई सराई नगरी उत्पादनमा लाग्ने स्थानीय योजना सुनाउँछन् । उत्पादित कृषि उपज आफै असिन पसिन भएर बोकेरै एक डेढ घण्टाको पैदल यात्राबाट बासखोला ल्याउँछन् । त्यहाँबाट ट्याक्सीलगायतका सवारी साधनमा हटिया बजार पुर्‍याउने गरेका छन्।   

नगरपालिका भएपनि दुर्गमजस्तो लाग्ने बरेखानीमा विद्यालय समेत छैन । २०४० सालमा स्थापना भएको प्राथमिक विद्यालय विद्यार्थी अभावमा चार वर्ष अगाडी बन्द भएको छ। बर्षेनी सडक पुर्‍याउनका लागि नगरपालिकाले बजेट विनियोजन गरे पनि भौगोलिक समस्याका कारण सडक विस्तारमा समस्या भएको गलकोट नगरपालिका वडा नम्बर-९ का वडाध्यक्ष तेजबहादुर थापाले बताए । 'बर्षेनी सडकमा लगानी गरेका छौं, थापाले भने, 'नमिलेको भू-बनोटका कारण सडकको पहुँच सहज हिसाबले पुर्‍याउन कठिन भएको छ, हामी प्रयासरत छौं ।'

थापाका अनुसार गत वर्षमात्रै सडक विस्तारका लागि नगरपालिकाले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर चट्टान परेका कारण जम्मा ५४ मिटर सडक खनिएको छ । त्यो पनि ग्रेडिङ कत्ति मिलेको छैन। प्रदेश तथा केन्द्रीय सरकारले ठूलै बजेट विनियोजन नगरे सम्म सडक पुर्‍याउन सम्भव नहुने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.