धादिङमा जिप दुर्घटना : १८ घाइते

धादिङमा जिप दुर्घटना : १८ घाइते

धादिङ : साङकोष तिप्लिङ सडकखण्ड अन्तरगत निलकण्ठ नगरपालिका– १२ पाँचघरेमा जिप दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन्। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ। 

खनियाबास गाउँपालिकाको डुन्डुरेबाट सदरमुकाम धादिङवेशीतर्फ आउँदै गरेको ग १ ज ६७५३ नम्बरको जिप दुर्घटना भएको हो। प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको जिप दुर्घटना भएको हो। जिप सडकबाट २० मिटर तल पुगेको छ। 

दुर्घटना लगत्तै घाइतेलाई स्थानीयहरुले उद्धार गरेका थिए। स्थानीय उद्धारमा जुटे लगत्तै प्रहरी पुगेको थियो। दुर्घटनास्थल धादिङवेशीबाट पाँच किलोमिटर दूरीमा पर्छ। 

सामान्य घाइतेको जिल्ला अस्पताल धादिङवेशीमा उपचार भइरहेको छ भने गम्भीर घाइेतलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। 
दुर्घटनाग्रस्त जिपका चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.