जोमसोममा खुल्यो टाटाको वर्कशप

जोमसोममा खुल्यो टाटाको वर्कशप

काठमाडौं : टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले मुस्ताङको जोमसोममा टाटा मोटर्सका गाडीका लागि सेवा प्रदान गर्नका लागि वर्कशप खोलेको छ।

उक्त वर्कशपको उद्घाटन सिप्रदी कम्पनिजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका कस्टमर केयर इन्टरनेशनल बिजनेस, कमर्सियल भेहिकलका प्रमुख गणेश शेट्टीले गरेका हुन्।

जोमसोम क्षेत्रमा टाटा मोटर्सका सबै रेन्जका गाडीलाई सेवा प्रदान गर्ने यो नै पहिलो र एकमात्र वर्कशप हो। उद्घाटन समारोहमा बोल्दै टाटा मोटर्सको कर्मिर्सयल बिजनेस, कस्टमर केयर इन्टरनेशनल प्रमुख गणेश शेट्टीले भने, 'जब कुनै ग्राहकले टाटाका कुनै उत्पादन खरिद गर्छ, तब उसले टाटाका सेवामाथि अधिकार प्राप्त गर्दछ र सो अधिकार पूरा गर्ने दायित्व कम्पनीको हो।'


सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बिक्री पछिको सेवा दिने कुरामा सिप्रदी सदैव प्रतिबद्ध रहेको बताए। उनले सिप्रदीको स्थापनादेखि नै सिप्रदीले सेवालाई उच्च प्राथमिकतामा राख्दै देशका कुनाकाप्चामा भएका ग्राहकसम्म पुग्ने लक्ष्य लिएको छ र जोमसोममा अवस्थित यो वर्कशपले चाहिरहेको लक्ष्य प्राप्तिका लागि अर्को सफलता दिलाएको बताए।

यस्तै टाटा मोटर्स र सिप्रदी ट्रेडिङ्ग प्रालिप्रति आभार व्यक्त गर्दै घोरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले सिप्रदी र टाटा मोटर्सले जोमसोममा वर्कशप खोल्नु भनेको यो स्थानको महत्व बुझेको बताए। उनले भने, 'सिप्रदी र टाटा मोटर्सलाई यहाँ स्वागत छ । हामीलाई विश्वास छ कि यो वर्कशप  घोरपझोङ गाउँपालिका र कम्पनी दुवैका लागि फाइदाजनक हुनेछ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.