बालाचतुर्दशीको मेला भर्न गएका वृद्धको मृत्यु

बालाचतुर्दशीको मेला भर्न गएका वृद्धको मृत्यु

रामेछाप : बाला चतुर्दशीको मेला भर्न गएका लिखु तामाकोशी गाउँपालिका-२ सैपुका एक वृद्धको मृत्यु भएको छ। सैपु ढाँडेबजारमा रहेको महादेवथानको मेलामा गएका ६७ वर्षीय कूलबहादुर दर्जीको सोमबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय धोबीका प्रहरी जवान नारायण कार्कीले जानकारी दिए।

 उनी मेलामा ३ बजे रातिसम्म नाँचिरहेका थिए। बिहानै भएपछि सबै जना हिड्न लाग्दा कूलबहादुर सुतेको देखेपछि उनलाई उठाएर लैजाउ भनेर बोलाउँदा नउठेपछि मृत अवस्थामा फेला परेको जात्रामा गएका स्थानीयले बताएका छन्।

मदिरा सेवन गरेका वृद्धको चिसोको कारण सुतेकै स्थानमा मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। दर्जीलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्रयोदशी राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ। आइतबार रातभर महादीप बाली बसेका भक्तजनले लिखु नदीमा स्नान गरी शतबीज छर्ने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.