ओलीको राष्ट्रवाद कालापानीमा झुक्यो : देउवा
दाङ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा गएर झुकेको बताएका छन्। सोमबार दाङमा आयोजित चुनावी सभामा बोल्दै उनले ओलीको राष्ट्रवाद उदाङ्गिएको दाबी गरे।
‘ओली राष्ट्रवाद भनेका हैनन्? यो राष्ट्रवाद कालापानीमा लम्पसार भएको छ’, सभापति देउवाले भने,‘त्यसकारण पनि ओली राष्ट्रवादी हुँदै होइनन्, उनले जनतालाई भुक्काएर चुनाव जितेका हुन्।’
ठुलो संघर्षको उपलब्धीले स्थापना भएको लोकतन्त्रलाई कम्युनिस्ट सरकारले समस्यामा परोकोसमेत उनले बताए। न्यायालय, मानव अधिकार आयोग, कर्मचारी, प्रशासनमा हस्तक्षेप हुन थालेको भन्दै लोकतन्त्रमा नभएर अधिनायकवादमा यस्तो हुने देउवाले प्रष्ट पारे।
न्यायलय स्वतन्त्र हुन नसकेको देशमा प्रजातन्त्र हुँदै नहुने जिकिर देउवाले गरे। लोकतन्त्रको रक्षामा कांग्रेस मात्रै लागेकोसमेत उनले दाबी गरे।