प्रधानमन्त्री ओली मनमोहन कार्डियोमा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली फलोअपका लागि अस्पताल गएका छन्। ओली मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोमा गएको प्रधानमन्त्री सचिवालयका सञ्चारविज्ञ रामसरण बजगाईँले जानकारी दिएका छन् ।
उनी तत्काल कुनै समस्या आएर नभई नियमित फलोअपमा गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि पनि प्रधानमन्त्री ओली फलोअपका लागि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जाने गरेका थिए ।
मिर्यौलामा समस्या देखिएपछि २ दिनअघि मात्र उनको चौथो पटक डायलासिस गरिएको थियो ।