प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, शल्यक्रिया हुँदै

प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, शल्यक्रिया हुँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई शल्यक्रियाको तयारी गरिएको छ। एपेन्डिसाइटिस भएपछि उनको शल्यक्रिया गर्न लागिएको हो। ओली नियमित फलोअपका लागि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोमा गएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको थियो।

स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गर्न लागिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा.अरुण सायमीले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री ओलीलाई शल्यक्रियाका लागि अपरेशन थिएटरमा लगिएको छ। यसअघि पनि प्रधानमन्त्री ओली फलोअपका लागि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जाने गरेका थिए । 

मिर्गौमा समस्या देखिएपछि २ दिनअघि मात्र उनको चौथो पटक डायलासिस गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.