नेपाल भ्रमण वर्ष : प्रादेशिक उडानमा प्रवर्द्धन छुट

नेपाल भ्रमण वर्ष : प्रादेशिक उडानमा प्रवर्द्धन छुट

काठमाडौं : सरकारले प्रादेशिक उडान गर्ने वायुसेवालाई प्रवर्द्धन छुट दिने भएको छ। एक प्रदेशबाट अर्को प्रदेशमा हुने आन्तरिक उडानलाई छुट दिने प्रयास भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए। सोमबार पर्यटन मन्त्रालयमा आयोजित नेपाल भ्रमण वर्ष २०२० को पाँचौं मूल आयोजक समितिको बैठकमा मन्त्री भट्टराईले भने, ‘दश दिनभित्रै यो विषयमा उचित निर्णय गर्छौं।’

नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर प्रादेशिक उडानलाई छुट दिँदा अन्तरप्रदेशमा उडान बढ्ने आशा मन्त्रालयको छ। अहिले पोखरा र भैरहवा विमानस्थलमा मात्रै यस्तो उडान हुने गरेको छ। यसलाई प्रवर्द्धन गरेर धनगढी, विराटनगर, जनकपुर, नेपालगन्ज, भद्रपुरसहतिका विमानस्थलमा आन्तरिक उडानमा प्रवर्द्धन गर्न लागिएको हो। यस्तो उडान हाल काठमाडौं विमानस्थललाई आधार बनाएर मात्रै भइरहेको उडानलाई अन्तरप्रदेशमा पु¥याउन सरकारले पहल गर्न लागेको उल्लेख छ।

मन्त्री भट्टराईले भने ‘निर्माण अन्तिम चरणमा पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण गर्ने विदेशी वायुसेवालाई पनि आकर्षक छुट दिनेछौं।’ यो विमानस्थलबाट उडान तथा अवतरण गर्ने वायुसेवालाई ग्राउन्ड ह्यान्डलिङ, एयर नेभिगेसनसहित शीर्षकमा छुट दिने मन्त्रालयको तयारी छ। नेपालमा विदेशी वायुसेवालाई आकर्षण गर्न के कति छुट दिने भन्ने विषयमा १० दिनभित्र सरकारले निर्णय गर्ने मन्त्री भट्टराईले बताए। यो विषयमा हुने आवश्यक निर्णय पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट गर्नुपर्ने भएकाले प्रस्ताव तयार गरेर निर्णय लिइने भट्टराईले बताए।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर प्रादेशिक उडानलाई छुट दिँदा अन्तरप्रदेशमा उडान बढ्ने आशा मन्त्रालयको छ।

गौतमबुद्ध विमानस्थलबाट छुट दिने विषयमा हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक तयारी गरिरहेको छ। विमानस्थल सञ्चालन गर्न के कति छुट दिँदा अन्तर्राष्ट्रिय वायुसेवालाई सहज हुन्छ तथा कुन विधिबाट दिने भन्ने विषयमा पनि गृहकार्य भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक राजन पोखरेलले बताए। उनका अनुसार प्राधिकरणबाट तयार भएको प्रस्तावलाई मन्त्रालयमार्फत अगाडि बढाइने भएकाले छिट्टै उक्त प्रस्तावमाथि उचित निर्णय आउनेछ। नेपाल आउने वायुसेवाको गुनासो हवाई इन्धन महँगो भयो भन्ने छ यस विषयमा सरकारले सहजीकरण गर्ने तयारी भइरहेको छ।

भ्रमण वर्षको उद्घाटन राष्ट्रपतिबाट

नेपाल भ्रमण वर्षको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गराउने निर्णय पर्यटन मन्त्रालयले गरेको छ। सन २०२० को जनवरी १ का दिन भ्रमण वर्षको उद्घाटन गरिनेछ। यसमा सातै प्रदेशका संघसंस्था, सरकारी तथा निजी क्षेत्रले एकैसाथ गर्ने गरी तयारी भएको पर्यटनमन्त्री भट्टराई बताउँछन्। भ्रमण वर्ष २०२० का अध्यक्ष पर्यटनमन्त्रीले सोमबार भ्रमण वर्षलाई भव्य बनाउन सबै निकायबाट सहयोगको अपेक्षा गरिएको उल्लेख गरे। भ्रमण वर्षका लागि आवश्यक कार्यक्रम उपलब्ध गराउन उनले आग्रह गरे।

जनवरी ७ का दिन सबै विदेशी कूटनीतिक तथा नियोगमा कार्यक्रम गर्ने, नेपाल आउने सबै विदेशी वायुसेवालाई नेपाल भ्रमणको सन्देश दिने तयारी भइरहेको छ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भ्रमण वर्षको अभियान सफल बनाउन र नेपाल भित्रिएका सबै विदेशीलाई जानकारी दिन जहाज अवतरण गर्नुअघि दुई मिनेटको अडियो सन्देश सुनाइने बताए। यसका लागि आवश्यक तयारी भइरहेको उनको भनाइ थियो।

प्रवर्द्धनका गतिविधि गरिने

सरकारले भ्रमण वर्ष प्रवर्द्धन गर्न प्रवर्द्धनात्मक कार्यक्रम गरिनेछ। विमानस्थलमा २४सैं घण्टा स्वागत कार्यक्रम, सबै वायुसेवामा भ्रमण वर्षको लोगो, नेपाल आएका विदेशीमाझ नेपाल चिनाउने सामग्री हस्तान्तरण गर्नेलगायत छन्।

‘विदेशी वायुयान नेपाल प्रवेश गरेपछि अवतरणको तयारी सुरु हुन्छ। यात्रुलाई अलर्ट रहन, जहाज नरोकिएसम्म सिट बेल्ट नखोल्न र धैर्यतापूर्वक बस्न अनुरोधन गरिन्छ। सो समयपछि नेपालले भ्रमण वर्ष मनाइरहेको र नेपालमा स्वागत गरिएको विषय समेटेर अर्को सन्देश यात्रुलाई सुनाइने तयारी भएको छ।’ यसका लागि नागरिक उड्डयन प्राधिकरणमार्फत सन्देश प्रवाह गर्ने व्यवस्था मिलाउन उनले आग्रह गरे।

होटल संघका अध्यक्ष सिर्जना राणाले भ्रमण वर्षमा पर्यटकलाई आकर्षक छुट दिने निर्णय भइसकेको बताइन्। काठमाडौं आइपुगेका पर्यटकलाई सफा वातावरणमा घुमफिर गर्ने कार्यक्रम दिनुपर्ने उनको भनाइ थियो।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले सरकारले नियन्त्रित गन्तव्य सबै खोल्नुपर्ने बताए। उनले विदेशी पर्यटक पदयात्रामा जाँदा अनिवार्य नेपाली गाइड लानुपर्ने व्यवस्था गर्न र यो क्षेत्रलाई व्यवस्थित बनाउन आग्रह गरे।

नेपाल पर्वतारोहण संघ एनएमएले भ्रमण वर्षमा थप नयाँ हिमाल खोलेर प्रवर्द्धनको जिम्मा आफूलाई दिन आग्रह गरेको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रमण वर्षमा नेपाल आउने पर्यटकलाई स्वागत गर्न तयार रहेको बताए। यो क्षेत्रमा नखुलेका हिमाल खुला गरेर जान सकिने भनाइ उनको थियो।

प्रदेश नम्बर ३ का पर्यटनमन्त्री अरुण नेपालले भ्रमण वर्षलाई लक्ष्य गरी धुलिखेल र इन्द्रसरोबरमा स्तम्भ बनाउन लागिएको बताए। ३ नम्बर प्रदेशमा रहेका ६६ वटा निर्वाचन क्षेत्रमा मेला र महोत्सव आयोजना गर्ने उनको भनाइ छ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भ्रमण वर्षलाई लक्ष्य गरेर विभिन्न जिल्लामा कार्यक्रम गर्न महासंघ तयार रहेको बताए। उनले सरकारी अभियानको सहयोग गर्न निजी क्षेत्र तयार रहेको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.