एनसेलले ‍ल्यायो 'रिचार्जमा चमत्कार'

एनसेलले ‍ल्यायो 'रिचार्जमा चमत्कार'

काठमाडौं : एनसेलले नयाँ योजना 'रिचार्जमा चमत्कार' को बारेमा जानकारी सार्वजनिक गर्दै एक टिभी कार्यक्रम र आफ्नो फेसबुक पेजमार्फत् ५ जना भाग्यशाली कोडको घोषणा गरेको छ ।

यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बरबाहेक एनसेल ग्राहकले जनही २ लाख रुपैयाँ नगद पुरस्कार जितेका छन्। आफ्नो कष्टमर लोयल्टी योजनाअन्तर्गत एनसेलले यो 'रिचार्जमा चमत्कार' अफर मंसिर १ गतेदेखि संचालन गर्दै आएको छ ।

यस योजनाअन्तर्गत हरेक योग्यग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउँछन् । योजनाको पहिलो हप्ता (मंसिर १-७) का विजेता ग्राहकलाई एनसेलले शुक्रबार मंसिर १३ गतेभित्र पुरस्कार रकम हस्तान्तरण गर्ने एनसेलले जानकारी दिएको छ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकले हप्तामा १०० रुपैयाँ वा यसभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबारदेखि शनिबारको साप्ताहिकचक्रमा यो योजनामा सञ्‍चालन भइरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ ।

ग्राहकले १०० वा त्योभन्दा बढीको ब्यालेन्स रिचार्जमा प्रत्येक १०० बराबरको एक विषेश कोड एसएमएसमार्फत् प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले ३५० रुपैयाँ रिचार्ज गर्दछ भने उसले ३ वटा विषेश कोड नम्बर प्राप्त गर्दछन् । त्यसैगरी ग्राहकले ५०० रुपैयाँको रिचार्ज गरेमा ५ वटा विषेश कोड प्राप्त गर्नेछन् ।

यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नपर्ने हुन्छ । एनसेलले आफ्ना ग्राहकका लागि कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत यो आकर्षक योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको जनाएको छ ।

यस योजनाअन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६:३० बजे एपिवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत् ५ भाग्यशाली ग्राहकको घोषणा हुन्छ । आवश्यक प्रक्रिया पुर्‍याइ प्रत्येक हप्ताको शुक्रबारभित्र अघिल्लो हप्ताका विजयीलाई नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.