दादागिरीले पार्टी चल्दैन : महतो

दादागिरीले पार्टी चल्दैन : महतो

विराटनगर  : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो राजपामा दादागिरी गरेर नेतृत्व लिने परम्परा नरहेको बताएका छन् । लोकतान्त्रिक पार्टी भएकाले नेतृत्व सहमतिमा नभए लोकतान्त्रिक प्रक्रियाले लिनुपर्ने बताए ।

पार्टी एकल प्रणालीमा जान अपनाएको नीति विपरित मोरङमा गठन भएको दुईवटा तदर्थ समितिका पदाधिकारीलाई निर्देशन दिँदै उनले भने, 'नेतृत्वका लागि दादागिरी शैली नअपनाउनु।' नेतृत्वको लागि कुटाकुट नगरी आपसी सहमति गरेर संगठन विस्तारमा लाग्न उनले निर्देशन दिए।  

अध्यक्ष मण्डलको संयोजकको पद चक्रिय प्रणालीअनुसार हस्तान्तरण नहुँदा उत्पन्‍न भएको विवादले दुईवटा जिल्ला कार्यसमिति गठन भएको हो । मधेशी मोर्चा आवद्ध ६ पार्टी मिलेर बनेको राजपा मोरङमा चक्रिय प्रणालीअनुसार आलोपालोमा दुई /दुई महिनामा संयोजक पद हस्तन्तरण हुँदै आएको थियो।

तर, पछिल्लो समय संयोजक पद हस्तान्तर नहुँदा पार्टीमा दुईवटा जिल्ला कार्यसमिति चयन भएका छन्। मो कादिर र लक्ष्मण साहको अध्यक्षतामा छुट्टा- छुट्टै दुईवटा जिल्ला कार्यसमिति चयन भएका हुन्। 

एकल प्रणालीमा जान पछिल्लो समय अपनाएको एकल नेतृत्वको लागि तदर्थ समिति दुईवटा निर्माण भएपछि संयोजक महतोले दादागिरी शैलीलाई अन्त्य गरेर सहमति गर्ने दुवै समूहलाई निर्देशन दिएका हुन् । उनले नेतृत्वका लागि राजपा मोरङमा निरन्तर भइरहेको अन्तरद्वन्द्वका कारण दिनादिन संगठन कमजोर भइरहेको बताए ।

'हामीलाई रिर्पोट छ, उनले भने, 'मोरङमा संगठन दिनादिन कमजोर भइरहेको छ । पार्टीमा आउन चाहने नेता तथा कार्यकर्ता नेतृत्वको विवादले आउन चाहेका छैनन्।'  
महतोले अधिवेशन नभएसम्म गठन भएको तदर्थ समिति निर्माणमा नै दुई समूह गठन हुनु पार्टीलाई कमजोर बनाउने बताए । उनले आपसको लडाइले संगठन कमजोर हुने भएकाले एकतावद्ध भएर तागत बढाउन आग्रह गरे ।

नेतृत्वको विवादले संगठन कमजोर भएपछि नेतृत्वका लागि दादागिरी गर्नेहरु के डमरु बजाउने? भनेर प्रतिप्रश्न समेत गरे। उनले मंसिर २० गते सम्म विवाद मिलाएर केन्द्रीयमा जानकारी गराउन निर्देशन समेत दिए ।

कादिर समूहले अधिवेशन गरेर  ५१ सदस्य मोरङ जिल्ला कार्यसमिति चयन गरेको सार्वजनिक गरेको छ  भने  लक्ष्मण साहले केन्द्रीय नेताहरुको उपस्थितिमा राजपा मोरङको शपथ ग्रहण तथा पदस्थापना समारोहको आयोजना गरि जिल्ला कार्यसमितिको घोषणा गरेको छ। 

जगरनाथ राजवंशी संयोजक भएको दुई महिनाभन्दा बढी बितिसक्दा पनि अध्यक्ष मण्डलका सदस्यको बैठक बस्न नसक्दा राजपा मोरङमा विवाद उत्पन भएको थियो।  गएको साउन ८ गते नै जगरनाथ राजवंशीले संयोजकको नेतृत्व पाएका हुन्। उनको असोज ८ गते नै संयोजक पदको अवधि सकिएको छ।

सो प्रावधानअनुसार अध्यक्ष मण्डलको संयोजकमा तत्कालिन गणतान्त्रिक फोरमका जिल्ला अध्यक्ष मालबाबु सहनी थिए। निर्णय सहनी अध्यक्ष मण्डलको संयोजक बन्ने भएता पनि पद हस्तान्तरण नहुँदा अध्यक्ष मण्डलका सदस्यले दुईवटा जिल्ला कार्यसमिति बनाएका हुन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.