प्रधानमन्त्री निवासअघि निर्माण व्यवसायीको धर्ना
काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न माग राख्दै प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएको छ ।
क्रेडिट लाइन, म्याद थप्नुपर्ने लगायत माग सहित महासंघ सम्बद्ध व्यवसायीहरुले मंगलबार बिहानैदेखि एक घण्टा धर्ना दिएका हुन् । नयाँ ऐन व्यवसायीमैत्री नभएको, व्यवसायीलाई एकपक्षीय रुपमा दोष लगाइएको जस्ता उनीहरुको गुनासो छ ।
निर्माण व्यवसायीको संरक्षण सम्बन्धी नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले बालुवाटार गेटअघि धर्ना दिएका हुन् । माग सुनुवाइ नभए व्यवसायीहरुले माइतीघरमा प्रदर्शन गर्ने, इजाजतपत्र सरसकारलाई बुझाउने लगायत चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । हिजो सोमबार सुरु धर्ना व्यवसायीहरुले मंगलबार पनि धर्ना जारी राखेका हुन् ।