सरकारले भ्रष्टाचार बढायो : देउवा
धरान : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपभोक्ता समितिका नाममा देशभर भ्रष्टाचार बढेको बढाएका छन्। केपी ओली नेतृत्वको सरकारले विकास निर्माणका काममा आफ्ना कार्यकर्तालाई राखेर भ्रष्टाचार बढाएको आरोप देउवाले लगाएका हुन्।
आगामी मंसिर १४ गते धरान उपमहानगरपालिकाको मेयर पदको उपनिर्वाचनलाई लक्षितपरी कांग्रेसले मंगलबार धरानमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले भारतले हडपेको कालापानी र लिपुलेक फिर्ता गर्न नसक्नु सरकारको लम्पसारबाद भएको बताए।
सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शाही आयोग जस्तो बनाएर बार्गेनिङ गर्ने थलो बनाएकोसमेत आरोप उनले लगाए। देउवाले देशभर ओली सरकारविरुद्ध नेपाली जनताले परिवर्तन चाहेको भन्दै सबै स्थानमा कांग्रेस उम्मेदवारले विजयी हासिल गर्ने दाबी गरेका छन्। धरानको विकासका र परिवर्तनका लागि कांग्रेस उम्मेदवारलाई मत दिएर भोट दिन धरानवासी देउवाले अनुरोध गरे।