नेपाल स्काउटमा चर्को विवाद, पाँच सल्लाहकारको सामूहिक राजीनामा

नेपाल स्काउटमा चर्को विवाद, पाँच सल्लाहकारको सामूहिक राजीनामा

काठमाडौं : नेपाल स्काउटका पाँचजना सल्लाहकारले सामूहिक राजीनामा दिएका छन् । संस्था सञ्चालनको वर्तमान गतिविधीप्रति असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा दिएका हुन् ।

उनीहरुले सोमबार नै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई राजीनामा बुझाएका हुन् । खेलकुदमन्त्री प्रमुख स्काउट रहने कानूनी व्यवस्था छ । राजीनामा दिनेहरुमा गोविन्द नारायण ज्यापु, रामवदन जोशी, श्रीराम लामिछाने, पुष्पलता भट्टराई रविन दाहाल छन् ।

युवा तथा खेलकुद मन्त्रालयले २०७५ पुस १६ गते गोविन्द नारायण ज्यापु, रामवदन जोशी, श्रीराम लामिछाने, पुष्पलता भट्टराई, ध्रुवराज शर्मा, रविन दाहाल र चन्दन कौशिकलाई सल्लाहकारमा नियुक्त गरेको थियो । उनीहरु सबै स्काउटका पूर्व अध्यक्ष तथा संयोजक हुन्।

सल्लाहकारमा नियुक्त गरे पनि प्रमुख स्काउटको अध्यक्षतामा सल्लाहकारको बैठक बस्न नसकेको राजीनामा पत्रमा उनीहरुले लेखेका छन् । 'नेपाल स्काउटको परिवेश र परिस्थतीमा हामीले सल्लाहकारको हैसियतमा काम गर्ने अवस्था नदेखिएको र हाम्रो कार्यक्षेत्र पनि स्पष्ट नभएकोले माननीय प्रमुख स्काउट समक्ष यो राजीनामा पेश गरेका छौं' राजीनामा पत्रमा भनिएको छ ।

गत वर्षको पुष १६ गते नै मन्त्री स्तरिय निर्णय अनुसार लोक बहादुर भण्डारीको संयोजकत्वमा राष्ट्रिय तदर्थ समिति गठन गरिएको थियो । नेपाल स्काउटको नयाँ ऐन लागु भएको ६ महिना भित्रमा निर्वाचन सम्पन्न गरि निर्वाचित समितिलाई जिम्मेवारी हस्तान्तरण गरिने बताए पनि अहिलेसम्म नयाँ ऐन आएको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.