प्रधानमन्‍त्रीको स्वास्थ्यमा निरन्तर सुधार : चिया पिएर कुराकानी गर्दै

प्रधानमन्‍त्रीको स्वास्थ्यमा निरन्तर सुधार : चिया पिएर  कुराकानी गर्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ। बुधबार बिहान १०ः३० बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जारी गरेको विज्ञप्तिअनुसार मंगलबारको शल्यक्रियापछि प्रधानमन्त्रीलाई सघन उपचार कक्षमा चिकित्सकको निरत्नर निगरानीमा राखिएको छ। 

‘सम्माननीय ज्यूको स्वाथ्यमा निरन्तर सुधार भइरहेको र उहाँ अहिले राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा रहेको  व्यहोरा जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ। अस्पताल स्रोतले दिएको जानकारी अनुसार ओलीले श्रीमती राधिका शाक्यको सहयोगमा कालो चिया पिएका छन् । 

अचानक पेट दुखेपछि मंगलबार बिहान स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका ओलीमा एपेन्डिसाइटिस देखिएपछि तत्काल शल्यक्रिया गरिएको थियो। प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार बिहान शल्यक्रिया भएको हो। 

शल्यक्रियापछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। स्वास्थ्यमा सुधार आएपछि बुधबार बिहान भेन्टिलेटर हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। 

तस्बिर : दिनेश गौतम


संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयस त्रिपाठीले पनि प्रधानमन्त्री ‍ओलीलाई भेटेका छन्। चिकित्सकलाई उदृत गर्दै त्रिपाठीले प्रधानमन्त्री ‍ओलीको स्वास्थ्य सुधार भइरहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.