जंगली युवाको क्रिकेट प्रेम

जंगली युवाको क्रिकेट प्रेम

हाउज्याट डिजिटल टु डी एनिमेसन कार्टुन शृंखला हो। यो कार्टुन क्रिकेटप्रेमी युवामा केन्द्रित छ। कार्टुनका पात्रहरूले आफूलाई गुलाब नगरका जंगली भन्न मन पराउँछन्। यो कार्टुन टोन्ज एनिमेसन इन्डियाले तयार गरेको हो। यसको पहिलो प्रदर्शन सन् २०१२ मा भएको थियो। यो कार्टुनको एक सिजन मात्र रहेको छ भने १३ वटा एपिसोड छन्।

यी जंगली युवाको समूहमा गुरु, ज्ञानी, बुल, बब्लु, शेखर र अजय नाम गरेका युवा छन्। उनीहरू स्विटी आन्टीको कोचिङ र गाइडमा क्रिकेट खेल्छन्। कुल सिङ र स्विटी आन्टी युवाका समर्थक हुन्।

यो कार्टुन कमेडी, एक्सन र खेलमा आधारित छ। कार्टुन प्रदर्शनको समयावधि २२ मिनेटको छ।

यो कार्टुनमा पात्रहरू गुरु, ज्ञानी, बब्लु, बुल, शेखर, अजय, स्विटी आन्टी, कुल सिङ र थकराल छन्।

गुरु : गुरु राम्रो, चलाख र टिमको क्याप्टेन हुन्। उनी प्रकृतिसँग विद्रोह गर्छन् र चुनौतीको सधैं सामना गर्छन्। उनी आफ्नो टिमले जित्छ भन्ने सधैं विश्वास गर्छन्।

ज्ञानी : उनी आफ्नो टिमको सबैभन्दा सानो र स्मार्ट खेलाडी हुन्। उनले क्रिकेटको सानोभन्दा सानो इतिहास पनि जानेका छन्। तर, उनी टिमको सबैभन्दा कमजोर खेलाडी हुन्।

बब्लु : उनी अल्छी र मोटा छन्। उनले अञ्जानमै धेरै गल्ती गर्छन्। उनीसँग अद्वितीय सीप छ। उनले फ्याँकेको कुनै पनि बल मिस हुँदैन।

शेखर : शेखर पातलो छन् र रेलजत्तिकै छिटो दौडन सक्छन्। उनी सधैं हेलमेट लगाउँछन्। हेलमेटबिना अरूले उनलाई कहिल्यै देखेका छैनन्।

अजय : उनी धनी र स्मार्ट छन्। उनका छिमेकी पनि धनी छन्। उनलाई गुलाब नगरका युवाहरूसँग बस्न मन पर्छ। उनी आफ्नो खेलमा धेरै राम्रा छन् र आफ्नो टिमको एक उत्तम खेलाडी हुन्।

स्विटी आन्टी : उनी दयालु र मायालु स्वभावकी छन्। उनको जीवनमा दुई मात्र इच्छा छन्, खाना पकाउने र क्रिकेट खेल्ने। उनी युवाको डाइ हार्ट फ्यान हुन्। उनी युवाको कोच पनि हुन्।

कुल सिङ : उनी गुलाब नगरमा बस्छन्। उनी युवालाई माया गर्छन्। उनको स्वभाव चतुर र कडा छ।

ठकराल : उनी धनी व्यापारी र क्याडी क्रिकेट क्लबका म्यानेजर हुन्। उनी अहंकारी छन्। गुलाब नगरका युवाको विरुद्धमा उनी जुनसुकै हदसम्म पनि काम गर्न तयार हुन्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.