सिन्धुली कांग्रेसका पूर्वसभापति खतिवडाको हृदयघातबाट मृत्यु

सिन्धुली कांग्रेसका पूर्वसभापति खतिवडाको हृदयघातबाट मृत्यु

सिन्धुली : नेपाली कांग्रेस सिन्धुलीका पूर्वसभापति तथा महासमिति सदस्य रंगराज खतिवडाको हृदयघातका कारण मृत्यु भएको छ । काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेका खतिवडालाई बाटोमा हृदयघात भएको परिवार तथा पार्टी स्रोतले जनाएको छ । 

सोमबार बिहान गाडीमै हृदयघात भएपछि भक्तपुरस्थित नागरिक अस्पतालमा उपचारका लागि लगिए पनि अस्पतालले खतिवडालाई मृत घोषणा गरेको नेपाली कांग्रेस सिन्धुलीका नेता माणिक ढकालले बताए । 

खतिवडा पञ्‍चायत तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा नेताका रुपमा परिचित छन् । खतिवडा २०५१ सालदेखि २०५३ सम्म र २०६१ देखि २०६६ सम्म गरी दुईपटक नेपाली कांग्रेस सिन्धुलीको सभापति भएका थिए । 'सानै उमेरदेखि राजनीतिमा सक्रिय हुने खतिवडाले नेपाली कांग्रेसको राजनीतिमा जिल्ला सदस्य, कोषाध्यक्षहुँदै दुई कार्यकाल सफल सभापतिको रुपमा जिम्मेवारी पूरा गरेका थिए।उहाँको कार्यकालमा नेपाली कांग्रेसले जिल्लामा विचार र संगठका दृष्टिले समेत उचाई लिएको थियो,' ढकालले भने ।

२००० साल वैशाख १ गते कमलामाई नगरपालिका १ डाँडीगुराँसेमा जन्मिएका खतिवडाको ७६ वर्षको उमेरमा मृत्यु भएको हो । खतिवडाका श्रीमति, पाँच छोरा र तीन छोरी छन् । खतिवडाको पार्थीव शरीरलाई बुधबार पार्टी कार्यालय धुरामा श्रद्धान्र्जलीका लागि राखिएको थियो भने उनको आझै अन्त्येष्ठी गरिने बताइएको छ।

कांग्रेस पार्टी कार्यालय धुरामा खतिवडा प्रति श्रद्धान्जली अर्पण गर्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुक। तस्बिर : राजन गाउँले


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.