के छ चन्द्रमामा ?

के छ चन्द्रमामा ?

सौर्यमण्डलको पाँचौं ठूलो उपग्रह चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक छ। नासाका अनुसार चन्द्रमा पृथ्वीबाट करिब तीन लाख ८४ हजार तीन सय ९८ किलोमिटरको दूरीमा रहेको छ। यसको धरातल असमथल छ।

यसको व्यास तीन हजार चार सय ७६ किलोमिटर छ। यसको परिक्रमा पथ दीर्घ वृत्ताकार छ। सूर्यबाट परावर्तित यसको प्रकाश पृथ्वीसम्म आइपुग्न १.३ सेकेन्ड लाग्छ। भाइबहिनी हो, जानौं चन्द्रमा सम्बन्धी केही रोचक जानकारी।

चन्द्रमा ग्रह नभई उपग्रह हो : चन्द्रमा पृथ्वीको एक उपग्रह हो। चन्द्रमा भन्दा पनि ठूला उपग्रह सौर्यमण्डलमा छन्। चन्द्रमालाई जिवावशेष ग्रह पनि भनिन्छ।

कसरी बन्यो चन्द्रमा : करिब ४.५ करोड वर्ष पहिले एउटा ठूलो ग्रह पृथ्वीसँग ठोक्कियो। यही टक्करबाट चन्द्रमाको उत्पत्ति भयो। एपोलोको अन्तरिक्ष यात्रीले ल्याएको एक ढुंगाको परिक्षणले चन्द्रमा र पृथ्वीको उमेरमा अन्तर नभएको देखिएको छ।

के छ चन्द्रमामा : चन्द्रमाको सतहमा अस्थिर र धेरै हल्का वायुमण्डल हुन सक्ने सम्भावना छ। यहाँ पानी पनि ठोस रूपमा पाइने प्रमाण भेटिएको छ। वैज्ञानिकका अनुसार यो वायुमण्डलविहीन उपग्रह हो। नासाको एलएडीईई प्रोजेक्टका अनुसार यो हिलियम, नियोन र आर्गन जस्ता ग्यासले बनेको छ। चन्द्रमाको सबैभन्दा ठूलो पर्वत लिबनिट्ज पर्वत हो।

चन्द्रमाको वातावरण : यहाँको तापमानमा भारी मात्रामा उतार–चढाव भइरहन्छ। चन्द्रमाको सतहमा धुलोको मुस्लो सूर्याेदय र सूर्यास्तको समयमा घुमिरहन्छ। वैज्ञानिकका अनुसार यसको कारण अणुको इलेक्ट्रिक चार्ज हुनु हो। यहाँको धुलो चिपचिप टाँसिने खालको छ। यसकारण वैज्ञानिक उपकरण छिटो बिग्रिन्छन्। चन्द्रमालाई पृथ्वीको एक परिक्रमा गर्न २७ दिन ८ घण्टा लाग्छ।

गुरुत्वकार्षण शक्ति कम : चन्द्रमाको गुरुत्वाकर्षण शक्ति पृथ्वीभन्दा कम छ। त्यसैले यहाँ मानिसको तौल करिब १६.५ प्रतिशत कम हुन्छ। यही कारण मानिस त्यहाँ सजिलै उफ्रिन सक्छन्।

कालो आकाश : पृथ्वीबाट आकाश नीलो देखिन्छ। यसको कारण पृथ्वीमा ७० प्रतिशतभन्दा बढी पानी छ। धेरै मात्रामा पानी हुने कारण वायुमण्डल पनि सफा छ। तर, चन्द्रमामा यस्तो छैन। त्यहाँ धुलो उडिरहन्छ र पानी ठोस रूपमा कतै कतै मात्र छ। त्यसैले त्यहाँको आकाश कालो देखिन्छ।

चन्द्रमाको ढुंगा पृथ्वीमा : चन्द्रमाबाट लिएर आएको तीन स–सना ढुंगा अमेरिकाको न्युयोर्कमा लिलामी भएको थियो। लिलामीमा ती ढुंगा ८ लाख ५० हजार डलरमा बिक्री भएका थिए। सन् १९७० मा चन्द्रमामा पठाइएको रुसी अन्तरिक्षयान लूना–१६ मिसनको क्रममा ती ढुंगा ल्याइएको थियो। भनिन्छ नील आर्मस्ट्रङले पनि त्यतिबेला चन्द्रमाबाट ढुंगा ल्याएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.