कांग्रेसका वडा अध्यक्ष नेकपामा प्रवेश
बैतडी : स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली कांग्रेसबाट निर्वाचित बैतडीका एक वडाअध्यक्ष सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । डिलाशैनी गाउँपालिका ७ का वडा अध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् ।
नेकपाले उपनिर्वाचनलाई लक्षित गर्दै पुर्चौंडी नगरपालिका ४ मा आयोजना गरिएको चुनावी सभामा वडा अध्यक्ष धामीले नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले बताए ।
वडा अध्यक्ष धामीलाई नेकपाका सुदूरपश्चिम सहसंयोजक भानुभक्त जोशी, जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य नरेन्द्र कुँवर लगायतका नेताले पार्टीमा स्वागत गरे।