अस्पताल पुगेका देउवाले ओलीलाई भेट्न पाएनन्

अस्पताल पुगेका देउवाले ओलीलाई भेट्न पाएनन्

काठमाडौं : प्रधानमन्‍त्री केपी ओलीको स्वास्थ्य स्थिति बुझ्‍न अस्पताल पुगेका पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीलाई भेट्न पाएनन् । 

संक्रमणको जोखिम हुनसक्‍ने बताउँदै ओलीसँग भेट्नका लागि तत्काल कठिन रहेको बताएपछि देउवा नभेटीकन फर्केका छन्। देउवाले ओलीका आफन्त र चिकित्सकसँग भेटेर ओलीको स्वास्थ्यबारे जानकारी लिएका थिए। 

अस्पतालबाट बाहिरिने क्रममा देउवाले संक्रमणको जोखिमका कारण ओलीसँग भेट्न नपाए पनि सहयोगी र चिकित्सकसँग कुराकानी गरेको बताए । देउवाले ओलीको स्वास्थ्यमा निरन्तर सुधार भएको र बाहिर हल्ला भएजस्तो अवस्था नरहेको जानकारी आफूलाई चिकित्सकहरुले दिएको संचारकर्मीसँग बताए।

संक्रमणको जोखिम हुने भएकाले बाहिरी भेटघाटका लागि चिकित्सकले अनुमति नदिएको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले भने, 'चिकित्सकले नै अनुमति नदिएकोले भेटघाट नभएको हो।'

यस अगाडि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयस त्रिपाठीले प्रधानमन्त्री ओलीसँग अस्पतालमै भेटेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.