२६ किलो चरेससहित प्रक्राउ
प्यूठान : गौमुखी गाउँपालिका ३ रजवारा प्युठानका बलराम पुन प्रक्राउ परेका छन् । बुधबार बिहान प्रदेश नम्बर ५ प्रहरी कार्यालय तुल्सीपुर व्यूरोबाट खटेको टोलीले उनलाई चरेस ओसारपसार गरिरहेको अवस्थामा बाटोमै प्रक्राउ गरेको हो।
रजबाराबाट बोरामा चरेस बोकेर हिँडिरहेको अवस्थामा पुनलाई प्रक्राउ गरिएको प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले जानकारी गराए । 'विशेष सुराकीका आधारमा प्रक्राउ गरेका हौँ, 'क्षेत्रीले भने, 'प्रक्राउ परेका पुनलाई प्रहरी चौकी मच्छिको जिम्मा लगाएर फर्कियौँ ।' अन्य तीनजना फरार भएका छन् ।
पुनलाई मदाने गाउँपालिका १ अग्लुङ गुल्मीमा प्रक्राउ गरिएको हो । अग्लुङ प्युठान र गुल्मीको सीमानामा पर्दछ । रजवाराका स्थानीय अग्लुङहुँदै जानुपर्दछ । क्षेत्रीका अनुसार चरेसको नेपाली बजार मूल्य हाल प्रतिकिलो एक लाख रुपैयाँ पर्दछ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य अझ महंगो पर्ने उनको भनाई छ ।