क्रोधकला शिरोमणिको पुस्तक लोकापर्ण

क्रोधकला शिरोमणिको पुस्तक लोकापर्ण

ललितपुर : मूर्तिकार तथा क्रोध कलाशिरोमणि कालु कुमालेका बारेमा लेखिएको पुस्तक 'क्रोध कलाशिरोमणि कालु कुमाले' लोकापर्ण गरिएको छ । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकको बुधबार वाङमय शताब्दी पुरुषतथा संस्कृतिविद् डा.सत्यमोहन जोशी र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रुपमा लोकापर्ण गरे ।

मूर्तिकार कालु कुमालेको ८६ औं जन्मोत्सवको अवसरमा पुस्तक सार्वजनिक गर्नुका साथै वृत्तचित्र तथा कलाकृति प्रदर्शनी समेत आयोजना गरिएको थियो । पुस्तक लोकापर्ण गर्दै संस्कृतिविद् सत्यमोहन जोशीले कालु कुमालेको मूर्तिमा दर्शन लुकेको बताउँदै उनका मूर्ति अलग धारको भएको बताए । कुमालेका मूर्तिमा आफ्नोपन भएको बताउँदै कुमाले राष्ट्रको गौरब भएको स्पष्ट पारे ।
उनले भौतिकपूर्वाधार निर्माणले मात्रै मुलुक समृद्ध नहुने बताउँदै समृद्धिका लागि कलाको संरक्षण र कलाकारको सम्मान गर्नुपर्ने धारणा राखे ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कालु कुमाले राष्ट्रको गौरव भएको बताउँदै उनको कलाले ललितपुरलाई विश्वमा चिनाउन सफल भएको बताए ।

नेपाली परम्परागत मूर्तिकलाको क्षेत्रमा विगत साढे ६ दशकदेखि निरन्तर साधनमा तल्लिन रहेका कुमालेको योगदान विशिष्ट भएको नगर प्रमुख महर्जनले बताए ।

कलाकारको सम्मानलाई महानगरले महत्वदिएको बताउँदै देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने हस्तीको सम्मान गरिने कार्यक्रमलाई महानगरले निरन्तरता दिने स्पष्ट पारे ।

नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कमाचार्यले कुमालेले बनाएका मूर्तिहरु देशभित्र मात्रै नभएर विदेशमा समेत पुगेको बताए । यो नेपालको गौरवको विषय भएको उनले स्पष्ट पारे ।

जनस्तरबाट प्राप्त क्रोध कलाशिरोमणि उपाधिलाई नेपाल सरकारबाट नै मान्यता प्रदान गराउन प्रतिष्ठानले पहल गर्ने बताए । कुमाले जस्ता मूधन्र्य कलाकारको जीवनी प्रकाशन गर्ने लक्ष्य प्रतिष्ठानले लिएको उनले जानकारी दिए ।

प्रतिष्ठानका हस्तकला विभाग प्रमुख धर्मराज शाक्यले कला र संस्कृतिले भरिएको नगर ललितपुरले लाखौं कलाकार जन्माएको बताए । ती कलाकारले देश भित्रमात्रै नभएर विदेशमा समेत ख्याति कमाएको उनको भनाइ थियो ।

उक्त पुस्तकको सम्पादन मण्डलमा धर्म राजशाक्य, भरत ढकाल, देवेन्द्र थुम्केली, डिल्लीराम भट्टराई, राकेश अवाले, डा प्रमोद जायसवाल छन् । कुमालेका मूर्तिमा क्रोध भाव व्यक्त भएका छन् । हिन्दु तथा बौद्ध धर्मका देवीदेवताका मूर्तिहरु विभिन्न रुप र स्वभावमा बनाइन्छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.